५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या छः अध्यक्ष नेपाल

दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या छः अध्यक्ष नेपाल
अ+ अ-

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले दलाल नोकरशाही पुँजीवादका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको छ ।

बुधवार नेपाल रिटर्नी एशोसिएशनको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दलाल नोकरशाही पुँजीवादले नेपालको राजनीति र अर्थतन्त्रलाई कब्जामा लिएका कारण संविधान कार्यान्वयनमा समस्या भएको बताउनुभएको हो । उहाँले पहिले देशलाई दलाल नोकरशाही पुँजीवादको कब्जाबाट मुक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले शोषणको नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्दै राष्ट्रिय पुँजी विकासको वातावरण तयार नगरेसम्म संविधानमा लेखिएको कुरा व्यवहारमा लागू गर्न नसक्ने बताउनु भयो ।

उहाँले संविधानले सबै प्रकारका अधिकारहरु दिएको भएपनि त्यसको कार्यान्वयनमा भने चुनौति रहेको बताउनु भयो । उहाँले आजको दिन समाजमा भएका सबै भेदभाव, अन्याय, अत्याचार, पछौटेपन र गरिबीलाई अन्त्य गर्ने संकल्प गर्नुपर्ने आवश्यकता रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संविधानमा जुन किसिमका परिकल्पनाहरु गरिएका छन् । नेपालमा समाजवाद स्थापनाको एउटा परिकल्पना । नेपालमा न्यायको, समानताको, विकासको र समृद्धिको जुन एउटा सोच अगाडी सारिएको छ । विचार अगाडी सारिएको छ । र समाजमा भएका सबै भेदभावहरुलाई, अन्याय, अत्याचार, थिचोमिचोहरुलाई, पछौटेपनलाई, गरिबीलाई, यि सबैलाई अन्त्य गर्ने संकल्प आजको दिनमा गर्नुपर्ने आवश्यकता छ । संविधानको पानालाई पल्टाएर हेर्यो भने संविधानले भन्न छुटेका कुरा सम्भवतः केही छैन होला । तर चुनौति के छ भने संविधानमा लेखिएको प्रावधानलाई व्यवहारमा लागू गर्ने कसरी ? नेपाली विशेषताको समाजवादलाई व्यवहारमा लागू गर्ने कसरी ? यसअर्थमा नेपाली विशेषताको समाजवादको बारेमा विषयवस्तुको अभाव देखिँदैन । गर्नुपर्ने कामको पनि अभाव देखिँदैन । तर योजनावद्ध ढंगले अगाडी बढ्ने कुरामा, व्यवहारमा लागू गर्ने कुरामा, मौलिक हक र अधिकारहरु जनतालाई प्रदान गर्ने कुरामा धेरै समस्याहरु देखिन्छ ।

समस्याको पहिलो कारण हाम्रो देशमा अहिलेपनि दलाल नोकरशाही पुँजीवादले जसरी नेपालको राजनीति र अर्थतन्त्रलाई पूरै आफ्नो कब्जामा लिएको छ । त्यसबाट सबभन्दा पहिले मुक्त गर्नुपर्ने आवश्यकता छ । जबसम्म हामी शोषणका नयाँ–नयाँ रुपहरुलाई अन्त्य गर्ने कुरा गर्दैनौँ, हाम्रो अर्थतन्त्रमा देशको राष्ट्रिय विकासको, राष्ट्रिय पुँजीको विकासको वातावरण जबसम्म हामी तयार गर्दैनौँ, जबसम्म हामीले हाम्रो शिक्षा प्रणालीलाई तदनुरुप नै अगाडी बढाउँदैनौँ, जबसम्म हामी राम्रो संस्कार र संस्कृतिमा जनतालाई अगाडी बढाउँदैनौँ, जबसम्म उनीहरुलाई श्रम गर्ने, मेहनत गर्ने, सिप सिक्ने र सीपलाई उत्पादनसँग जोड्ने काममा उत्प्रेरित गर्दैनौँ । तबसम्म हामी व्यवहारमा लेखेको कुरा लागू गर्न सक्दैनौँ ।’

अध्यक्ष नेपालले संविधानमा उल्लेख गरिएका कुराहरुलाई व्यवहारमा लागू गरेर देखाउन आग्रह गर्नुभयो । उहाँले एकीकृत समाजवादी र समाजवादी मोर्चाले सरकारले गरेको राम्रो कामहरुलाई साथ दिने बताउनु भयो ।