५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो

नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट छः मन्त्री शर्मा

नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट छः मन्त्री शर्मा
अ+ अ-

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान विश्वस्तरमै उत्कृष्ट रहेको बताउनुभएको छ ।

मंगलवार मंगलवार संविधान दिवस २०८० को अवसरमा चलचित्र विकास बोर्डमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोह २०८० लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको भन्दै यो सकारात्मक कदम भएको बताउनु भयो ।

उहाँले व्यवस्था बदले पनि अवस्था बदल्न नसकेको भन्दै मान्छेको जीवनमा परिवर्तनको अनुभुति गर्ने गरेर राज्यले अवस्था बदल्नुपर्ने बताउनु भयो । उहाँले यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो की के हो भन्ने प्रश्न उठेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भर्खरै मात्रै सरकारले नागरिकता सम्बन्धी नियमावली २०८० पारित गरेको छ । जसले आमाले नागरिकता अलि सजिलो गरी दिन पाउने व्यवस्था भएको छ । अरु पनि बाँकी मौलिक हकमा शिक्षा, स्वास्थ्य लगायतका कैयन कुरालाई संविधान, समाजवादउन्मुख भनेका छौँ र समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका जतिपनि विषय अघि बढाउनुपर्छ । सस्तो सुलभ गुणस्तरी र निःशुल्क बनाउनु पर्छ भनेर पनि संविधानमा १२ कक्षासम्म निःशुल्क भनेका छाँै ।

धेरैकुरा संविधानमा लेखेका छौँ । यस अर्थमा हामी के भन्छौँ भने सापेक्ष रुपमा र विश्वस्तरमा हेर्दा पनि यो संविधान उत्कृष्ट छ । हाम्रो व्यवस्था उत्कृष्ट छ । हाम्रा सबै सकारात्मक पहल कदमीका कुरा गरिरहँदा हामी अर्को ठाउँमा पुग्छौँ । यही व्यवस्थाले तल भन्दा तलका मान्छेलाई सिंहदरबार भित्र्याउने काम गरेको छ । यो सकारात्मक कुरा हो । व्यवस्था बदल्यौँ अवस्था बदल्न सकेका छैनौँ । मान्छेको जीवनमा परिवर्तनको अनुभुति गर्ने गरेर राज्यले जे व्यवस्था गर्नुपर्ने हो त्यो हुन सकेको छैन । सबै काम राम्रा भइरहेका छैनन् । यही व्यवस्था अन्तर्गत राज्य सञ्चालन गरेकाहरुले गरेको गल्तीबाट यो व्यवस्था बेठिक भएको हो की के हो भन्ने प्रश्न छन् ।’

मन्त्री शर्माले समाजवादमा पुग्नका निमित्त शिक्षा, स्वास्थ्य लगायतका मौलिक अधिकारहरु निःशुल्क र गुणस्तरीय बनाउनु भयो ।