२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचकमा सामान्य बृद्धि



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव २६ अङ्कले उकालो लागेर एक हजार नौ सय ६९ दशमलब १८ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव शून्य चार अङ्कले बढेर लागेर तीन सय ७८ दशमलव ७३ मा पुगेको छ । कूल १३ उपसमूहमध्ये आज १२ उपसमूहको शेयर मूल्य बढेको छ भने एक उपसमूहको मात्रै घटेको छ ।

विभिन्न कम्पनीका कूल २८ लाख ७४ हजार दुई सय ७५ कित्ता शेयर रु ८७ करोड चार लाख ४४ हजार एक सय ५६ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबार रकमका आधारमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा छ । सो कम्पनीको रु नौ करोड ३८ लाख ८० हजार आठ सय ६० बराबरको कारोबार भएको छ । यस्तै, एनआइसी एशिया बैंक रु चार करोड ३४ लाख तीन हजार, साल्ट टे«डिङ कर्पोरेशन रु तीन करोड ९९ लाख ४० हजार पाँच सय ८५,एभरेष्ट बैंक रु तीन करोड ६० लाख ८२ हजार छ सय २८ र आइएमई लाइफ इन्स्योरेन्स रु दुई करोड ४२ लाख छ हजार आठ सय ९७ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार इमर्जिङ नेपाल नौ दशमलब ९९, थ्री स्टार हाइड्रोपावर नौ दशमलव ९८, भूगोल इनर्जी डेभलपमेन्ट आठ दशमलव ७२, आरबीबी म्युचुअल फण्ड दोस्रो सात दशमलव ९४ र मेछ्याङ हाइड्रोपावरको शेयर मूल्य सात दशमलव ७७ प्रतिशतले बढेको छ । साथै शुभम पावर नौ दशमलब ९९, पिपुल्स पावर चार दशमलव ९६, समता घरेलु लघुवित्त तीन दशमलव ५१, सप्तकोशी डेभलपमेन्ट बैंक तीन र गुराँस लघुवित्तको शेयर मूल्य एक दशमलव ९९ प्रतिशतले घटेको छ ।