२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

उद्योगीलाई अपराधीजस्तो व्यवहार गरी थुन्दा हत्तोत्साही बनायो: अध्यक्ष अग्रवाल



अ+ अ-

काठमाडौ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सरकारले उद्योगीलाई अपराधीजस्तो व्यवहार गरेर थुन्दा व्यवसायीलाई हतोत्साहीत बनाएको बताउनुभएको छ ।

शुक्रवार परिसंघले आयोजना गरेको २० औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अग्रवालले सरकारको व्यवहारले व्यवसायी दु:खी बनाएको बताउनु भयो । उहाँले सरकारको नीति व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालको रहेको बताउनु भयो । उहाँले कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने, थुन्ने अनि मात्रै सुन्ने गरिएको गुनासो गर्नुभयो ।

उहाँले पछिल्लो समय सरकारको कानूनी व्यवहारको कारण लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको बताउनु भयो । उहाँले आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको बताउनु भयो। उहाँँले व्यवसायीहरु अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिवार्य रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा बस्न पाउने व्यवस्था गर्नु आवश्यक रहेको बताउनु भयो। उहाँले सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा रहेको भन्दै उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्न नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको ऐन कानून व्यवसायलाई सहजिकरण पर्नेमा नियन्त्रण गर्ने खालका छन् । कसैले निवदेन दिएकै भरमा व्यवसायीहरुलाई पक्राउ गर्ने,थुन्ने अनि मात्रै सुन्ने गरिएको छ । यसले लगानीकर्तालाई मात्रै निरुत्साहित बनाइरहेको छैन । आम सर्वसाधरण र सार्वजनिक निकायलाई समेत चिन्तित बनाएको पाएका छौं । अग्रिम जमानतमार्फत फौजदारी मुद्दाको आरोपित व्यक्तिलाई अनिर्वाय रुप पक्राउ गर्ने अभ्यासलाई अदालत प्रक्रियाबाट व्यस्थित गरी जमानतमा राख्ने अन्तर्राष्ट्रिय अभ्यास रहेको छ । सरकारले उद्योगीलाई गरेको पछिल्लो व्यवहारले उद्योगी त्रासमा छन् । उद्योगीलाई थुन्ने प्रवृत्तिले लगानीकर्ता हतोत्साहित भएका छन् । उद्योगीलाई प्रहरी लगाएर दण्डित गर्नुभएन । ठूलो अपराध हो भने ठिक हो । तर, जे मा पनि हतकडी लगाउँदा बजारमा नकारात्मक सन्देश गयो ।’

उहाँले आमजनताले सबल अर्थतन्त्रको आशा गरेको भन्दै त्यसतर्फ सरकारको ध्यान हुनुपर्ने बताउनु भयो । उहाँले अहिले खर्च गर्ने आत्मबल घट्दा बजारमा मन्दी छाएको बताउनु भयो ।