१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद News Polar ‘हिमाल र समुद्र नक्सामा टाढा देखिन्छन्ः प्रकृतिले भने विपरीत कुरा बताउँछ’ News Polar नारायणीको बाढी खतराको तह नजिक, गण्डक ब्यारेजका सबै ढोका खुला News Polar प्रधानमन्त्री वालेन्द्र शाह आज दिउँसो स्वदेश फर्किनुहुँदै News Polar कांग्रेस महाधिवेशन उद्घाटनमा ओली, दाहाल र लामिछानेलाई निमन्त्रणा News Polar साउदी अरबमाथि हुथी आक्रमण तीव्र, ड्रोन र क्षेप्यास्त्र रोकिएको दाबी

चन्द्रयान–३ : भारतको चन्द्रमा मिसन पछाडिको वैज्ञानिकहरुको शैक्षिक योग्यता

चन्द्रयान–३ : भारतको चन्द्रमा मिसन पछाडिको वैज्ञानिकहरुको शैक्षिक योग्यता
अ अ+ अ-

चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को तेस्रो चन्द्र मिशन जुलाई १४ मा प्रक्षेपण भई २३ अगस्टमा चन्द्रमाको सतहमा सफल अवतरण भयो । यसले भारतलाई रुस, अमेरिका र चीनपछि चन्द्रमाको सतहमा सफ्ट ल्यान्डिङ गर्ने चौथो देश बनायो ।

चन्द्रयान–३ मिशनको नेतृत्व मुख्य वैज्ञानिक पी वीरमुथुवेलले गरेका थिए । मिसनमा श्रीकान्त मिसन निर्देशक र कल्पना इसरोमा एसोसिएट प्रोजेक्ट निर्देशकको रूपमा थिए।

एम शंकरनले निर्देशकको रूपमा काम गरेका थिए भने एस सोमनाथ अहिले इसरोको अध्यक्ष छन्। टोलीमा असमका वैज्ञानिक छयन दत्ता पनि थिए ।

मिशनको अवतरण स्थल चन्द्रमाको दक्षिणी ध्रुव थियो । यसले चन्द्रमाको सतहमा भारतको पहिलो सफ्ट ल्यान्डिङ हासिल गर्यो । जुन इसरोको अन्तरिक्ष अन्वेषण प्रयासहरूको लागि महत्त्वपूर्ण उपलब्धि हो।

चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गराउने मुख्य भारतीय वैज्ञानिकहरुको शैक्षिक योग्यता कस्तो थियो त ?

एस सोमनाथ

हाल अन्तरिक्ष विभागमा सचिव र अन्तरिक्ष आयोगको अध्यक्षको पदमा रहेका एस सोमनाथले कोल्लमको टीकेएम कलेज अफ इन्जिनियरिङबाट मेकानिकल इन्जिनियरिङमा बीटेक डिग्री हासिल गरेका हुन् ।

यसका साथै उनले प्रतिष्ठित भारतीय विज्ञान संस्थान, बैंगलोरबाट एयरोस्पेस इन्जिनियरिङमा मास्टर डिग्री हासिल गरे । यहाँ उनले संरचना, गतिशीलता र नियन्त्रणमा विशेषज्ञता हासिल गरे र आफ्नो उपलब्धिहरूको लागि स्वर्ण पदक प्राप्त गरे ।

एम शंकरन

एम शंकरन स्याटेलाइट डिजाइन, विकास र कार्यान्वयनका लागि भारतको अग्रणी केन्द्र यूआर राव स्याटेलाइट सेन्टर (यूआरएससी) को प्रमुख छन् ।

सन् १९८६ मा भारतीदासन विश्वविद्यालय, तिरुचिरापल्लीबाट भौतिकशास्त्रमा स्नातकोत्तरको साथ उनले द्रुत रूपमा इसरो उपग्रह केन्द्र (अहिले युआरएससी) मा आफ्नो यात्रा सुरु गरे।

डा वी नारायणन

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को निर्णायक डिभिजन लिक्विड प्रोपल्सन सिस्टम्स सेन्टर (एलपीएससी) का निर्देशकसमेत रहेका डा वी नारायणन प्रतिष्ठित रकेट प्रोपल्सन विशेषज्ञ हुन्।

सन् १९८४ मा इसरोबाट आफ्नो करियर सुरु गरेका डा नारायणनले आफ्नो विशेषज्ञताले भारतको अन्तरिक्ष प्रयासहरूमा महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्।

डा एस उन्नीकृष्णन नायर

डा एस उन्नीकृष्णन नायर अन्तरिक्ष अन्वेषण क्षेत्रका एक प्रतिष्ठित व्यक्तित्व हुन् । यिनले तिरुवनन्तपुरमको विक्रम साराभाई स्पेस सेन्टर (भीएसएससी) र भारतीय अन्तरिक्ष विज्ञान तथा प्रविधि संस्थान (आईआईएसटी) दुवैका निर्देशकको रूपमा सेवा गरिरहेका छन्।

यिनले केरला विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा बीटेक पूरा गरेर आफ्नो शैक्षिक यात्रा सुरु गरेका थिए। एयरोस्पेस इन्जिनियरिङप्रति प्रेरित भएर यिनले आईआईएससी बैंगलोरबाट एमई गरे । पछि आईआईटी मद्रासबाट मेकानिकल इन्जिनियरिङमा पीएचडी प्राप्त गरे।

उनको शैक्षिक गतिविधिहरू इन्जिनियरिङभन्दा बाहिर पनि फैलिएको थियो । उनले नालसारबाट दूरसञ्चार र अन्तरिक्ष कानूनमा एमए गरेका छन्।

पी वीरामुथुवेल

निम्न वर्गीय परिवारिक पृष्ठभूमिका पी वीरामुथुवेल चन्द्रयान–३ मिसनका परियोजना निर्देशक हुन् । यिनका बुबा रेलवे कर्मचारीको रूपमा काम गर्थे।

यद्यपि उनको यात्राले उनलाई भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) मा उल्लेखनीय स्थानमा पुर्याएको छ।

चन्द्रयान–३ को मिशनको निरीक्षणको लागि जिम्मेवार वीरमुथुवेलले यस महत्वाकांक्षी मिसनलाई सफल बनाउन विभिन्न इसरो केन्द्रहरूसँग सहकार्य गरेका थिए ।

यिनले आफ्नो शिक्षा विल्लुपुरमको रेलवे स्कूलमा सुरु गरे । त्यसपछि निजी पोलिटेक्निक कलेजबाट मेकानिकल इन्जिनियरिङमा डिप्लोमा गरे। त्यसपछि अर्को प्रतिष्ठित इन्जिनियरिङ संस्थानबाट स्नातकोत्तर अध्ययन गरे।

पछि यिनले प्रख्यात इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी मद्रास (आईआईटी मद्रास) बाट पीएचडी गरे ।

टाइम्स अफ इन्डियाको सहयोगमा