२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

तोलामा छ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



अ+ अ-

काठमाडौँ । नेपाली सुनचाँदी बजारमा आज साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा छ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाला सुन प्रतितोला छ सय रुपैयाँले बढ्दै एक लाख ११ हजार आठ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यस्तै, शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ११ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढ्दै एक हजार तीन सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।