९ श्रावण २०८३, शनिबार
,
Latest
एमाले र नेकपा बिच ३ बुँदे सहमति,प्रदेश सरकारमा सहकार्य कालीगण्डकी तटमा एक सय आठ तुलसी रोपण डा केसी अस्पताल भर्ना, उपचारमा कमी हुन नदिन स्वास्थ्यमन्त्रीको निर्देशन अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकले लोपोन्मुख सम्पदाको जगेर्ना गर्नेछ : सभामुख अर्याल कर्णालीका मुख्यमन्त्री कँडेलले दिए राजीनामा २४ घण्टामा विपद्बाट ६ जनाको मृत्यु, वैशाख यता ज्यान गुमाउनेको संख्या १८३ पुग्यो रास्वपा सरकारको कार्यशैलीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र संकटमाः नेता नारायणकाजी श्रेष्ठ नयाँ शक्तिहरूको उदय र पतन नाटकीय हुन्छः एमाले महासचिव पोखरेल सर्वोच्चको अन्तरिम आदेशले हाम्रो सम्पती जोखिममा पर्‍योः सिभिल सहकारी पीडित शिक्षामन्त्रीको निर्देशनमा डा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षासचिव धनगढीमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन गेम्सका लागि भारतीय फुटबल टिमको घोषणा



अ+ अ-

एजेन्सी । यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि भारतीय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ ।

अल इन्डिया फुटबल फेडरेशनले बुधबार १८ सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो ।

एसियाली खेलकुदमा यू–२३ फुटबल टोलीले मात्रै प्रतिस्पर्धा गर्नेछन् । जसमा सबै टिमबाट ३ सिनियर खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यसअघि अगस्ट १ मा २२ सदस्यीय भारतीय टोली छनोट गर्दा तीन सिनियर खेलाडी समावेश गरिएको थियो ।

सिनियर खेलाडीमा सन्देश झिंगान, गुरप्रीत सिंह सन्धु र सुनिल क्षेत्री थिए तर अहिले क्षेत्रीले मात्रै स्थान पाएका छन् ।

छ समुहमा विभाजन गरी २३ टोलीको सहभागिता रहेको प्रतियोगितामा समुह ए, बी, सी, ई र एफ मा ४/४ टिम र समुह डी मा ३ टिम रहेका छन् । भारतको पुरुष टोली आयोजक चीन, बंगलादेश र म्यानमारसँगै समूह ए मा परेको छ ।