२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियन गेम्सका लागि भारतीय फुटबल टिमको घोषणा



अ+ अ-

एजेन्सी । यसै महिना चीनको हाङ्झाउमा हुने एसियाली खेलकुदका लागि भारतीय पुरुष फुटबल टोलीको घोषणा गरिएको छ ।

अल इन्डिया फुटबल फेडरेशनले बुधबार १८ सदस्यीय पुरुष टोलीको घोषणा गरेको हो ।

एसियाली खेलकुदमा यू–२३ फुटबल टोलीले मात्रै प्रतिस्पर्धा गर्नेछन् । जसमा सबै टिमबाट ३ सिनियर खेलाडीले मात्रै सहभागिता जनाउन पाउनेछन् । यसअघि अगस्ट १ मा २२ सदस्यीय भारतीय टोली छनोट गर्दा तीन सिनियर खेलाडी समावेश गरिएको थियो ।

सिनियर खेलाडीमा सन्देश झिंगान, गुरप्रीत सिंह सन्धु र सुनिल क्षेत्री थिए तर अहिले क्षेत्रीले मात्रै स्थान पाएका छन् ।

छ समुहमा विभाजन गरी २३ टोलीको सहभागिता रहेको प्रतियोगितामा समुह ए, बी, सी, ई र एफ मा ४/४ टिम र समुह डी मा ३ टिम रहेका छन् । भारतको पुरुष टोली आयोजक चीन, बंगलादेश र म्यानमारसँगै समूह ए मा परेको छ ।