३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, फेरि उनैलाई नियुक्त गर्ने तयारी !

लुम्बिनीका मुख्यमन्त्रीको राजीनामा स्वीकृत, फेरि उनैलाई नियुक्त गर्ने तयारी !
अ+ अ-

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललो आफ्नो पदबाट दिएको राजीनामा सो प्रदेशका प्रदेश प्रमुख धर्मनाथ प्रसाद यादवले स्वीकृत गरेका छन् । उनले आजै बिहान राजीनामा दिएका थिए । 

मुख्यमन्त्री पोखरेलले आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गरेको बताइएको छ । 

तर पनि त्यस प्रदेशमा नयाँ सरकारको गठनको विषयलाई लिएर ठूलो विवाद उत्पन्न भएको छ । उनको राजीनामापछि पनि त्यहाँ विपक्षीहरुको बहुमत पुग्ने अवस्था देखिएको छैन । मुख्यमन्त्री पोखरेलका विरुद्धमा अजै विपक्षी दलहरुले अविश्वासको प्रस्ताव दर्ता गराउँदै थिए । 

त्यो थाहा पाएर नै उनले आज राजीनामा दिएका थिए । तर पनि विपक्षी दलको बहुमत नपुग्ने देखिएको छ । यदि त्यसो भयो भने आज नै सबैभन्दा ठूलो दलको हैसियतबाट सरकार गठनका लागि प्रदेश प्रमुखले आह्वान गर्नुपर्ने हुन्छ । 

त्यसपछि भने नेकपा एमालेले संसदको सबैभन्दा ठूलो दलको हैसियतमा नयाँ सरकार गठन गर्ने भएको छ । मुख्यमन्त्रीमा पोखरेललाई नै आजै सपथ ग्रहण गराउने तयारी भएको एमालेका एक नेताले बताएका छन् ।

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको ती नेताको भनाइ छ ।

नेकपा एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठन गर्ने दाबी गर्ने भएको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा जुटेका एकजना नेताले बताए । 

यसअघि हालैमात्र नेकपा एमालेमा प्रवेश गरेपछि माओवादीका दुई र जसपाका चार सांसद पदमुक्त भएका थिए । त्यसपछि लुम्बिनी प्रदेशसभामा हाल ८१ सांसद छन् । त्यसमध्ये एमालेसँग मात्रै ४१ सांसद छन् । यो संख्याले एमालेले नै बहुमतको एकल सरकार बनाउन पाउने भएकोले त्यसको दाबीमा लाग्ने बताइएको छ ।