३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली किन पुगे शीतल निवास ?

स्थायी कमिटी बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली किन पुगे शीतल निवास ?
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अकस्मात राष्ट्रपति कार्यालय शीतलनिवास पुगेका छन् । त्यसो त उनले आजै अकस्मात बालुवाटारमा आकस्मिक स्थायी कमिटी बोलाएका थिए । 

सो बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली शीतलनिवास पुगेको समाचार स्रोतले बतायो । स्रोतका अनुसार प्रधानमन्त्रीले शीतल निवासमा पनि अकस्मात नै समय माग गरेका थिए । 

अहिले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओलीबीच भेटवार्ता चलिरहेको बताइएको छ । तर यो भेट भने नियमित रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

तर समाचार स्रोतले बताए अनुसार नियमित भेटघाटका लागि शीतलनिवासमा हिजो नै प्रधानमन्त्री कार्यालयबाट समय माग गरिएको हुन्छ । आज उनी अकस्मात शीतल निवास पुगेको जनाइएको छ ।

प्रधानमन्त्रीले आजै मन्त्रिपरिषदको बैठक बोलाएका छन् । त्यसो त नियमित बैठक सोमबार हुने गर्दथ्यो । सो बैठक अगावै आजै उनले नेकपा एमालेको अध्यक्षको हैसियतले स्थायी कमिटीको बैठक बोलाएका थिए । 

मन्त्रिपरिषद बैठक अगावै उनी शीतल निवासमा परामर्शका लागि जानुलाई कतै सरकारले प्रदेश सरकारहरुको विघटनको बारेमा त तयारी गर्दैछैन भनेर पनि कतिपयले अनुमान गरेका छन् । लुम्बिनी प्रदेशमा आज मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा पर्नेगरी राजनीतिक परिवर्तनहरु भएकोले यस विषयमा उनले शीतल निवाससँग छलफल पनि गरेको हुनसक्छ । 

मुख्यमन्त्री पोखरेल प्रधानमन्त्रीका निकटवर्ती हुन् । यो समेत गरी विभिन्न प्रदेश सरकारहरुमा प्रधानमन्त्री ओलीको पार्टी अल्पमतमा पर्दै गएकोले यस विषयमा पनि आवश्यक परामर्श गर्नसक्ने बताइएको छ । 

उता देशमा कारोना महामारीको संकट रहेकोले सरकारले स्वास्थ्य संकटकालको घोषणा गर्ने बारेमा पनि आवश्यक छलफल गरिरहेको बताइएको छ । प्रधानमन्त्री ओलीले ४ बजे बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका छन् ।