२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीआईबीले दियो ६० केजी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन राय



अ+ अ-

काठमाडौँ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० केजी सुन तस्करी प्रकरणमा ५० जनालाई प्रतिवादी बनाउन जिल्ला सरकारी वकिल कार्यालयलाई राय दिएको छ ।

सीआईबीले आज गरेको पत्रकार सम्मेलनमा सीआईबी प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले हालसम्म २३ नेपाली र ९ विदेशी गरी ३२ जनालाई पक्राउ गरिसकिएको जानकारी दिनुभयो ।

सीआईबीका अनुसार १४ विदेशी र ४ नेपाली फरार रहेका छन् । पक्राउ परेकाविरुद्ध भन्सार ऐनअन्तर्गत अवैध सुन पैठारी र संगठित अपराध, नागरिकता सम्बन्धी ऐन, राहदानी ऐन, अध्यागमन ऐन सम्बन्धी कसुरको कारबाही अगाडि बढाउन पनि सीआईबीले राय दिएको छ ।

गत साउन २ गते राजस्व अनुसन्धान विभागले भन्सार परिसर बाहिर सुन बरामद गरी १९ दिनसम्म अनुसन्धान गरेको थियो । त्यसपछि थप अनुसन्धानका लागि सीआईबीले साउन २२ गते यो मुद्दालाई प्राप्त गरेको थियो ।