बुटवल । विपक्षी गठबन्धनको नाराबाजी बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको सपथग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यलयमा विपक्षी गठबन्धनका सांसदहरुले धर्ना दिए पछि प्रदेश प्रमुख धर्मनाथ यादव मुख्यमन्त्रीको कार्यलयमा नै गएर पद तथा गोपनीयताको सपथ गराउनु भएको हो ।
यता पोखरेलले नियुक्तिले लोकतान्त्रीक पद्दती र प्रक्रियाको उपहास भएको भन्दै नेपाली काग्रेस , नेकपा माओबादी केन्द्र लगायतका दलले बिरोध जनाएका छन् ।आईतबार बिहान मात्र मुख्यमन्त्री बाट राजिनामा दिनुभएका मुख्यमन्त्री पोखरेल आजै पूनः मुख्यमन्त्रीका नियुक्त हुनु भएको थियो ।











