३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

मङ्गलबार राति १२ बजेदेखि दैलेखमा निषेधाज्ञा लागू

मङ्गलबार राति १२ बजेदेखि दैलेखमा निषेधाज्ञा लागू
अ+ अ-

दैलेख । कोरोना सङ्क्रमणको दर तीव्र बन्दै गएपछि दैलेखमा मङ्गलबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा लागू गरिने भएको छ । छिमेकी मुलुक भारत र सीमावर्ती क्षेत्रबाट कामको खोजीमा भारत गएकाहरु फर्कने क्रम तीव्र बन्दै जानु तथा घरमा आएका व्यक्तिमार्फत परिवार, आफन्त हुँदै समुदायसम्म कोरोना सङ्क्रमण फैलिएको अवस्थालाई मध्यनजर गर्दै निषेधाज्ञा लागू गर्ने निर्णय गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिनुभयो ।

मानिसको आवागमन नरोकिए झनै समस्या बढ्नसक्ने भन्दै बैठकमा छलफल भएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन समिति दैलेखको आइतबार बेलुका बसेको बैठकले यस्तो निर्णय गरेको हो । “दुई दिनको अवधि जिल्ला भित्रिने र जिल्लाबाट बाहिर अनिवार्य जानुपर्ने व्यक्तिका लागि दिइएको हो । मङ्गलबारबाट कडाइका साथ निषेधाज्ञा लागू हुन्छ”, प्याकुरेलले भन्नुभयो । निषेधाज्ञा अवधिमा खाद्यवस्तुको सहज आपूर्ति हुने तथा एम्बुलेन्स र बिरामीको उचित व्यवस्थापन हुने बताइएको छ । कसैले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी गरेको खण्डमा कडा कारवाहीको व्यवस्था गर्ने निर्णय गरिएको छ ।

मध्यपहाडी राजमार्गलगायतका विकास निर्माणका काम भने सामाजिक दूरी कायम गरेर निर्विवाद ढङ्गले सञ्चालन गरिने भएको छ । हरेक पालिकामा भएका ठूला विकासे योजना पनि सहजै सञ्चालन गरिनेछन् ।