२० आश्विन २०८१, आईतवार
,
Latest
तत्काल लाभग्राहीहरुको विवरण पठाउन गृहमन्त्रीको निर्देशन बाढीपहिरोमा परी काभ्रेमा ७७ जनाले ज्यान गुमाए अन्नपूर्ण क्षेत्रमा पर्यटक आगमन बढ्यो भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन वैकल्पिक बाटोबाट गन्तव्यतर्फ जाँदै हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँ: पर्यटनमन्त्री पाण्डे वेस्ट बैंकको तुलकर्ममा कमाण्डरको मृत्यु भएको हमासको पुष्टि हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव राष्ट्रपतिद्वारा न्यायाधीश राउतलाई प्रधानन्यायाधीशमा नियुक्त आर्सनल र सिटी विजयी भुटानको भ्रमण पूरा गरेर पूर्वराजा ज्ञानेन्द्र स्वदेश फिर्ता (फाेटाे फिचर)
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष रम्तेल पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले पोखरा बागलुङ बसपार्क स्थित सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष ४२ वर्षीय कुमार रम्तेललाई आज पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँको समन्वयमा कास्की प्रहरीको टोलीले रम्तेललाई केही समय अघि ललितपुर महानगरपापलिका–१४ कुमारीपाटीबाट पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा नायव महानिरीक्षक कुवेर कडायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार कोषाध्यक्ष रम्तेलविरुद्ध जिल्ला अदालत कास्कीबाट पक्राउ अनुमति जारी भएअनुसार पक्राउ गरिएको हो । सुर्यदर्शन सहकारीका सञ्चालकहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय पोखरामा नौँ सय ७१ जना वचतकर्ताहरुले रकम हिनामिना गरेको भन्दै उजुरी दिएका प्रहरीले जनाएको छ ।