२१ श्रावण २०८३, बिहीबार
,
Latest
जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट कालासागरको सुरक्षा जोखिमका बीच टर्कीका जलमार्गबाट ६ महिनामा ४० हजारभन्दा बढी जहाजको आवतजावत चीनद्वारा समुन्द्री सतहबाट दुई उपग्रहको सफल प्रक्षेपण
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ४४ दशमलव ३० अङ्कले बढ्यो



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव ३० अङ्कले बढेको छ । आजको कारोबारमा परिसूचक दुई दशमलव २८ प्रतिशतले बढेर एक हजार नौ सय ८६ दशमलव ९९ अङ्कमा कायम भएको हो ।

आजको कारोबारमा विभिन्न कम्पनीका कुल ४७ लाख ४२ हजार पाँच सय ११ कित्ता शेयर ३७ हजार सात सय ९९ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ५१ करोड ८३ लाख ४३ हजार तीन सय ९७ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा सबै समूहको उपसूचक हरियो देखिएको छ । सबैभन्दा वित्त समूहको उपसूचक तीन दशमलव ६५ प्रतिशत र  व्यापार समूहको उपसूचक तीन दशमलव ६३ प्रतिशतले बढेको छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने मेन्छियाम हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७, मोलुङ हाइड्रोपावर कम्पनी लिमिटेडको नौ दशमलव ८७, सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड नौ दशमलव ८५ र प्रोग्रेसिभ फाइनान्स लिमिटेडको शेयर मूल्य आठ दशमलव ६५ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै घट्नेमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को शेयर मूल्य सात दशमलव ४३ले घटेको छ । कारोबार रकमका आधारमा आज साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको रु छ करोड २५ लाख ५२ हजार चार सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेड र बढी सङ्ख्यामा शेयर कारोबार हुनेमा आइएमई लाइफ इन्स्योरेन्स छ । रासस




भर्खरै