२० भाद्र २०८३, शनिबार
,
Latest
त्यो दिन छात्रावासमा सामान लिन गएको भए… टर्कीको मुद्रास्फीतिमा सामान्य कमी, अगस्टमा ३१.५१ प्रतिशत कायम भोटेकोशी बाढीको कहर: ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’ होर्मुज जलसन्धिमा सेना परिचालन गर्ने विषयमा दक्षिण कोरियाद्वारा समीक्षा प्राकृतिक विपत्ति अकल्पनीय छ, राहत र पुनर्निर्माणलाई प्राथमिकता दिऔँः अध्यक्ष ओली ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई बाढीपीडितका देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै आज भाद्र कृष्ण नवमी : श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै अठार महिनामा सक्नुपर्ने आयुर्वेद भवन पाँच वर्षमा पनि अलपत्रै खेतीयोग्य जमिनमा रुद्राक्ष खेती, आम्दानीको नयाँ बाटो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सारुककी आमाको प्रश्न: आत्महत्या प्रकरणमा प्रहरीको छानबिन कहाँ पुग्यो ?



अ+ अ-

काठमाडौं । दिवंगत चलचित्रकर्मी सानु ताम्राकारकी श्रीमती रुकमणी ताम्राकारले आफ्नो छोरा सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीको छानबिनबारे प्रश्न गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो छोरा कलाकार सारुकलाई गुमाउनुका साथै त्यसको ५२ दिनमा श्रीमानसमेत गुमाउँदा आफूमाथि ठूलो बज्रपात परेको भन्दै यतिका दिनसम्म प्रहरी प्रशासनबाट छानबिन कहाँसम्म पुग्यो भनी प्रश्न गर्नुभएको हो ।

उहाँले छानबिनबारे प्रहरी प्रशासनबाट खबर नआउँदा छोराको अन्तिम सुटिङको बेला के भएको थियो र छोराले के कारणले आत्महत्याजस्तो कदम चाल्यो भन्नेबारे राम्रोसँग छानबिन गर्न र प्रहरीलाई फोनको विस्तृत विवरण  प्रष्टरुपमा अगाडि ल्याउन अनुरोध गर्नुभएको छ ।

अभिनेता सारुक ताम्राकार आफ्नै घरमा मृत फेला परेका थिए । उनलाई असार २१ गते राति काठमाडौँ रातोपुलस्थित आफ्नै निवासमा भर्‍याङको रेलिङमा प्लास्टिकको पाइपको पासो लगाई झुन्डिएको अवस्थामा मृत भेटिएको थियो ।

पछिल्लो समय उनी ‘ह्यासट्याग माया’ चलचित्रको छायाङ्कनमा व्यस्त थिए।

पुत्रवियोगमा विक्षिप्त भई मिर्गौलामा समस्याबाट पीडित सानु ताम्राकारको पनि यही भदौ ९ गते निधन भएको थियो ।