२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर ‘डोनाल्ड ट्रम्प’ नाम दिइएको दुर्लभ एल्बिनो भैँसी ढाका चिडियाखानामा रु २१ खर्ब २४ अर्बको बजेटप्रति मिश्रित प्रतिक्रिया, कार्यान्वयन र राजस्व लक्ष्यमा देखिए प्रमुख चुनौती
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: लिभरपुलद्वारा एस्टनभिल्ला पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा लिभरपुलले एस्टनभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा एस्टलभिल्लाको एक आत्मघाती गोल पनि समावेश थियो ।

लिभरपुलका लागि तेस्रो मिनटमै डोमिनिक सोबोजलाइले गोल गरेका थिए । खेलमा ६४ प्रतिशत बल नियन्त्रणमा राखेको लिभरपुलले एस्टनभिल्लामाथि लगातार आक्रमण गरेको थियो ।

पहिलो र दोस्रो दुबै हाफमा लिभरपुलले एस्टनभिल्लाको गोलपोस्टमा १७ पटक आक्रमण गरेको थियो । यही क्रममा एस्टनभिल्लाका म्याटी क्यासीले २२ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।यसैमा लिभरपुल रोकिएको थिएन । लिभरपुलका लागि ५५औं मिनेटमा मोहम्मद सलाहले टिमका लागि तेस्रो गोल गरेर जित पक्का गरेका थिए ।

यो जितसँगै लिभरपुलले चार खेलबाट १० अंक जोडेर लिगमा तेस्रो स्थानमा उक्लेको छ । चार खेल खेलेका म्यान्चेस्टर सिटी १२ अंकका साथ पहिलो र टोटेनह्याम १० अंकका साथ दोस्रो स्थानमा छन् । १० अंक नै रहेको वेस्टह्याम युनाइटेड चौथो स्थानमा छ ।

आजै राति आर्सनल र म्यान्चेस्टर युनाइटेड बीच खेल हुनेछ ।




भर्खरै