१९ मंसिर २०८२, शुक्रबार
,
Latest
कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन स्थानियतह देखी प्रदेश तथा संघलाई कानून निर्माणका सहजीकरण गर्दे कानून समाज छ दिनमा १२ जना फरार प्रतिवादी पक्राउ सहरी क्षेत्रको माटोको गुणस्तर अभिवृद्धि गर्नु जरुरी छः मन्त्री परियार मुस्ताङ भन्सारमा चार अर्ब ४१ करोड बढी राजस्व सङ्कलन कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या हेटौँडाको मुख्य सडक विस्तारको सूचना कार्यान्वयन नगर्न सर्वाेच्च अदालतको अन्तरिम आदेश विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग एक्साइड ब्याटमोबाइल सेवा ५०,००० ग्राहकसम्म पुर्‍याउँदै इतिहास रच्यो एनपीएलः जनकपुरलाई हराउँदै लुम्बिनी प्लेअफमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिग: लिभरपुलद्वारा एस्टनभिल्ला पराजित



अ+ अ-

इङलिस प्रिमियर लिग अन्तर्गत आइतबार साँझ भएको खेलमा लिभरपुलले एस्टनभिल्लालाई ३–० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा एस्टलभिल्लाको एक आत्मघाती गोल पनि समावेश थियो ।

लिभरपुलका लागि तेस्रो मिनटमै डोमिनिक सोबोजलाइले गोल गरेका थिए । खेलमा ६४ प्रतिशत बल नियन्त्रणमा राखेको लिभरपुलले एस्टनभिल्लामाथि लगातार आक्रमण गरेको थियो ।

पहिलो र दोस्रो दुबै हाफमा लिभरपुलले एस्टनभिल्लाको गोलपोस्टमा १७ पटक आक्रमण गरेको थियो । यही क्रममा एस्टनभिल्लाका म्याटी क्यासीले २२ औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।यसैमा लिभरपुल रोकिएको थिएन । लिभरपुलका लागि ५५औं मिनेटमा मोहम्मद सलाहले टिमका लागि तेस्रो गोल गरेर जित पक्का गरेका थिए ।

यो जितसँगै लिभरपुलले चार खेलबाट १० अंक जोडेर लिगमा तेस्रो स्थानमा उक्लेको छ । चार खेल खेलेका म्यान्चेस्टर सिटी १२ अंकका साथ पहिलो र टोटेनह्याम १० अंकका साथ दोस्रो स्थानमा छन् । १० अंक नै रहेको वेस्टह्याम युनाइटेड चौथो स्थानमा छ ।

आजै राति आर्सनल र म्यान्चेस्टर युनाइटेड बीच खेल हुनेछ ।