८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँ: कृषिमन्त्री

एक लाख हेक्टरमा चैते धान लगाउने तयारीमा छौँ: कृषिमन्त्री
अ अ+ अ-

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले उत्पादन र निर्यात वृद्धि तथा आयात प्रतिष्थापन गरेर मात्रै देशको अर्थतन्त्र बलियो बनाउन सकिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषि नेपालको लागि मेरुदण्ड भएको उल्लेख गर्दै कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको रहेको बताउनु भयो । उहाँले अहिले पनि देशको खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन नसकेको बताउनु भयो ।

४८ प्रतिशत जमिन वर्षा याममा मात्रै सिंचाई हुने र १८ प्रतिशत जमिन मात्रै सधैँभर सिंचाई हुने अवस्था रहेको बताउँदै सिंचाईको समस्या समाधान गर्नु नै पहिलो काम रहेको बताउनु भयो । यस वर्ष सरकारले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउने गरी काम शुरु गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कृषि क्षेत्र हाम्रो मुलुकको एउटा मेरुदण्ड हो । वास्तवमा अहिले हामीले उत्पादन वृद्धि गर्नुपर्छ, निर्यात वृद्धि र आयात प्रतिष्थापन गर्ने हो भने कृषि उत्पादन वृद्धि गरेर नै देशको अर्थतन्त्र बलियो बनाउन सकिन्छ । कृषि क्षेत्रमा सबैभन्दा ठूलो समस्या भनेको सिंचाईको हो । अहिले पनि हाम्रो खेतीयोग्य जमिनको आधा पनि सिंचाई हुन सकेको छैन, ४८ प्रतिशत छ त्यो पनि वर्षा याममा मात्रै, नत्र सधैँभर सिंचाई हुने क्षेत्र भनेको १८ प्रतिशत, त्यसैले यो समस्या छ । ती समस्याको क्रमश: समाधान गर्दै जानुपर्छ । यस वर्ष नै हामीले चैते धान एक लाख हेक्टर क्षेत्रफलमा लगाउनुपर्छ र सक्नुपर्छ भनेर शुरु गरेका छौँ ।’

कार्यक्रममा बोल्दै मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्ने तयारी भइरहेको बताउनु भयो । उहाँले आगामी अधिवेशनमा कृषि विधेयक संसदबाट पारित हुने र पारितपछि नेपालको कृषि क्षेत्रमा वृहत कानूनी संरचनाको व्यवस्थापन हुने बताउनु भयो । उहाँले नर्सरीले अब बिरुवा बेच्दा श्रोत खुलाएर मात्रै बेच्न पाउने नर्सरी निर्देशिका बनाइरहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उपभोक्ताको घर र भान्सासम्म पुग्ने विषयलाई एउटा छाता कानूनको रुपमा कृषि विधेयक हाउसमा पेस गर्नको लागि अर्थ मन्त्रालयमा पेस गरेका छौँ । अर्थ र कानून मन्त्रालयबाट आएपछि हामीले संसदमा लैजानेछौँ । हाम्रो अपेक्षा छ, अर्को अधिवेशनबाट विधेयक पारित हुनेछ र यसले नेपालको कृषि क्षेत्रमा वृहत कानूनी संरचनाको व्यवस्थापन गर्नेछ । विषयगत ऐनहरु थिए तर समष्टिगत छाता ऐन नहुँदा कतिपय ठाउँमा पछि परेका थियौँ । विज्ञहरुबाट तयार पारेको कृषि बीउ बिरवा बाँड्नुपर्छ, अब कहाँबाट र कसरी ल्याउनुभयो भन्नेकुराको श्रोत खुलाएर मात्रै ल्याउनुपर्नेछ । नर्सरी निर्देशिका बनाउँदै छौँ । कानूनमा सबैकुरा समेटिएको छ । कसैले पनि बिरुवा बेच्दा अब श्रोत खुलाएर मात्रै बेच्नुपर्छ ।’

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले अर्थतन्त्रलाई बलियो बनाउन सबैभन्दा पहिला भएको खेतीयोग्य जमिनको प्रयोग बढाउनुपर्ने बताउनु भयो । उहाँले जमिनको प्रयोग नगरी अन्य माध्यमबाट देश समृद्ध हुन गाह्रो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रो मुलुकमा विभिन्न किसिमका श्रोत, सम्पदाहरु उपलब्ध छन्, त्यसमध्ये, सजिलै उपयोग गर्न सकिने र पहिलादेखि उपयोग गर्दै आएको हाम्रो जमिन हो, वन जंगल छ, जल छ । हिमाल छन्, प्राकृतिक सौन्दर्य छ, खनिज छन्, युवा जनशक्ति छ, यी सबैमध्ये जमिनको प्रयोग नगरी अन्य साधनबाट समृद्ध हुन गाह्रो छ । जमिनको प्रयोग बढाउनुपर्छ । तर चिन्ताको विषय भनेको कृषियोग्य सबै भूमिमा कृषि गरिरहको छैनौँ । कृषि गरिरहेको भूमी ४० प्रतिशत बाँझो छ । वनको भूभाग बढेर ५० प्रतिशत देखिएको छ ।’

उपाध्यक्ष श्रेष्ठले अर्थतन्त्रको समस्या पूर्ण रुपमा सकि नसकेको उल्लेख गर्नुभयो । अर्थतन्त्र कमजोर बन्नुमा उत्पादन र रोजगारीको प्रमुख समस्या रहेको बताउनु भयो । अर्थतन्त्रका समस्यालाई समाधान गर्न कृषि क्षेत्र नै नेपालका लागि एकमात्र माध्यम बन्नसक्ने बताउनु भयो ।