५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानीय र व्यापारी आशावादी

तातोपानी नाका पुरानै लयमा फर्किनेमा स्थानीय र व्यापारी आशावादी
अ+ अ-

सिन्धुपाल्चोक । आठ वर्षअघिसम्म नेपालको उत्तरी नाका तातोपानी भन्सार कार्यालय राजस्व सङ्कलनको मेरुदण्ड थियो । यस नाकाबाट मात्रै दैनिक करोडौँको सामान आयात तथा निर्यात हुने गर्दथे ।

विसं २०७२ वैशाख १२ गतेको भूकम्पपछि यो नाका चीनले एकतर्फी रूपमा सुरक्षाको कारण देखाउँदै बन्द ग¥यो । यसको मार आममानिससँगै देशको अर्थतन्त्रमा देखियो । हाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणको पूर्वसन्ध्यामा भोटेकोशी गाउँपालिका–२ बाट चीन जोड्ने नाकाबाट लामो समयपछि मानिसलाई आवतजावतका लागि खुला गरिएको छ ।

अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले शुक्रबारसम्म दुई सयभन्दा बढी निलो रङको पास जारी गरेको छ । उक्त पास सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकवासी मितेरी पुलपारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताउनुभयो ।

ढिलै भए पनि यो नाका सञ्चालनमा आएपछि स्थानीयवासी र व्यापारी तातोपानी नाका पुरानै लयमा फर्किनेमा आशावादी देखिएको तातोपानीका स्थानीयवासी गङ्गा बज्राचार्य बताउनुहुन्छ । यसअघि आयातनिर्यात पटकपटक खुल्दै र बन्द हुँदै आएकोमा सर्वसाधारणका लागि भने आवतजावत खुलाइएको थिएन ।

विभिन्न चरणको छलफलपछि सीमित कन्टेनरबाट सामान आयात गर्नका लागि मात्र गत वैशाखदेखि नाका खोलिएको थियो । पहिले जस्तो सहज नभए पनि धेरथोर सामान आयात गर्न व्यापारी पनि अचेल नाकामा पुग्न थालेका छन् । भूकम्प र जुरेको पहिरापछि उत्तरी नाकाको बाटोको अवस्था भने नाजुक रहेको उनीहरूको गुनासो छ । तर सीमा खुला भएसँगै दुई देशकै नागरिकले लाभ लिने स्थानीय व्यापारिकले विश्वास लिएको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका पूर्वअध्यक्ष विष्णु खत्री बताउनुहुन्छ ।

नाका खुला हुने भएसँगै आयात र निर्यातमा वृद्धि हुने तातापानी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत दयानन्द केसीको विश्वास छ । तर पार्किङ, सडक, यातायातलगायतका कारण सहजरूपमा व्यापार हुनेमा भने अझै शङ्का छ । चीन सरकार सकारात्मक रहेकाले आगामी दिनमा देखिएका चुनौती समाधान गर्दै व्यापार सजिलो बनाउन सकिने उहाँको भनाइ छ ।

नाका खुलेकोमा खुसियाली साट्न पग्नुभएका सिन्धुपाल्चोक–१ का सासंद माधव सापकोटाले तातोपानीसम्मको पहुँच मार्गको स्तरोन्नतिमा चीन सरकारले सहयोग गर्ने सङ्केत गरेको र प्रधानमन्त्री दाहालको चीन भ्रमणमा बाटो राम्रो बनाउने एजेण्डा राखिने पनि सापकोटाले बताउनुभयो । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी भएर न्युयोर्कबाट प्रधानमन्त्री असोज ५ गते चीनको बेइजिङ जाँदै हुनुहुन्छ ।

नाकाबाट आवतजावत सुरु भएसँगै चीनतर्फका नागरिक पनि खुसी देखिएका छन् । चीनको सेबोकाकी पूर्वव्यवसायी नेमा रेन्जोमले अब चहलपहल बढ्ने र व्यापार राम्रो हुने विश्वास व्यक्त गर्नुभयो । भूकम्पपछि तिब्बतको खासा बजार लामो समय मानवविहीन बनाइएको थियो । अहिले त्यहाँ निश्चित चिनियाँ बस्छन् । खासा बजारको पुनःनिर्माण भइरहेको चिनियाँ अधिकारी बताउँछन् । यसको पुनःनिर्माणपछि मानवीय आवागमन पूर्ववत् अवस्थामा फर्कने विश्वास गरिएको छ । रासस