२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसिया कप क्रिकेटः श्रीलंकाद्वारा बंगलादेश ५ विकेटले पराजित



अ+ अ-

काठमाडौंः एसिया कप क्रिकेट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा श्रीलंकाले बंगलादेशलाई पाँच विकेटले पराजित गरेको छ ।

श्रीलंकाको पालिकेल रंगशालामा भएको यस खेलमा बंगलादेशले दिएको १६५ रनको झिनो लक्ष्य श्रीलंकाले ५ विकेट गुमाएर प्राप्त गरेको थियो ।

टस जितेर पहिले ब्याटिङ रोजेको बंगलादेश शुरुदेखि नै दबाबमा परेको थियो । बंगलादेशका लागि नजमुल सान्टोले सर्वाधिक ८९ रनको योगदान दिएका थिए भने तोहिद हृदोयले २०, मोहम्मद नइमले १६, मुस्फिकर रहिमले १३ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेका थिएनन् ।

बंगलादेशको पूरै पालि ४२.४ ओभरमा सबै विकेट गुमाएर १६४ रनमा समेटिएको थियो ।

श्रीलंकाका तर्फबाट मथिसा पाथिरानाले ४, महिस थिक्सानाले २, धनन्जय सिल्भा, डुनिथ विलालागे र डासुन सानाकाले एकएक विकेट लिएका थिए ।

बंगलादेशले प्रस्तुत गरेको १६५ रनको लक्ष्य श्रीलंकाले ३९ ओभरमा पाँच विकेट गुमाएर प्राप्त गरेको थियो । श्रीलंकाका लागि सदीरा सामराविक्रमाले ५४ र चरिथ असालान्काले ६२ रनको व्यक्तिगत पालि खेलेका थिए ।

एसिया कपमा समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् भने समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । हिजो भएको समूह ए को पहिलो खेलमा आयोजक पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

श्रीलंकाको प्लेइङ ११– पाथुम निसान्का, दिमुथ करुणारत्ने, कुसल मेन्डिस (विकेटकीपर), सदीरा समरविक्रमा, चरित असालान्का, धनंजया डी सिल्भा, दासुन शानाका (कप्तान), दुनिथ वेललागे, महेश थेक्षाना, कसुन रजिथा, मथिशा पाथिराना।

बंगलादेशको प्लेइङ ११–मोहम्मद नइम, तान्जिद तमिम, नजमुल हुसेन शान्तो, तौहिद ह्रिदोय, शकिब अल हसन (कप्तान), मुशफिकुर रहिम ९विकेटकिपर०, मेहेदी हसन, महेदी हसन, तस्किन अहमद, शोरिफुल इस्लाम, मुस्ताफिजुर रहमान । एजेन्सी