७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

गाईजात्रा संस्कृति: दिवङ्गत आफन्तको सम्झना

गाईजात्रा संस्कृति: दिवङ्गत आफन्तको सम्झना
अ+ अ-

काभ्रेपलाञ्चोक । एक वर्षभित्र दिवङ्गत आफन्तको आत्माको शान्तिको कामना गर्दै मनाइने गाईजात्रा पर्व काभ्रेपलाञ्चोकका नेवार समुदायले मनाउँदैछन् । विशेष गरी सदरमुकाम धुलिखेल र बनेपा नगरमा यो जात्रा भाद्र कृष्ण प्रतिपदाको दिनअर्थात् आज मनाइँदैछ ।

काभ्रेपलाञ्चोकमा यस पर्व मनाउने क्रममा दिवङ्गत आफन्तको सम्झनामा परिवारका मानिसको सहभागितामा गाई र मानिसलाई शृङ्गारी बजार परिक्रमा गराई मनाइन्छ । विशेष गरी नेवारी संस्कृतिको परम्पराअन्तर्गत यस जात्रालाई बर्सेनि निरन्तरता दिएको पाइएको हो । “आफ्ना धर्म संस्कृति–पराम्पराअनुसार बर्सेनि जात्रालाई निरन्तरता दिँदै आएका छौँ”, बनेपाका माधव श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जात्रामा परिवारका सदस्य तथा नातेदारको सहभागिता रहने गर्दछ ।

केही वर्षअघिसम्म बनेपा र धुलिखेलमा मल्लकालीन नेवारी सस्ंकृति धुमधामका साथ मनाइने गरिएको बनेपाका साहित्यकार मोहन दुवाल बताउनुहुन्छ । उहाँका अनुसार भक्तपुरको गाईजात्रा संस्कृति–मौलिकतालाई काभ्रेपलाञ्चोकका नेवार समुदायले अनुसरण गर्दै नाटक, ब्यङ्ग्य–प्रहसन तथा संस्कृति झल्कने नाचसहित मनाउँदै आएका हुन् । “मल्लकालीन अवस्थादेखिनै गाईजात्रा पर्व भक्तपुरबाट सयौँ वर्षअघि सुरुवात गरिएको विभिन्न लेख–अभिलेखबाट प्रष्ट देखिन्छ”, उहाँले भन्नुभयो ।

बनेपा, धुलिखेल, पनौती, पाँचखाल, साँग, नालालगायत जिल्लाको मुख्य सहर बजारमा नेवार समुदायका परिवारले गाई र मानिसलाई शृङ्गारी नगर परिक्रमा गराउँछन् । जात्रामा सहभागी केहीले जात्राको पोसाकका मुकुण्डो लगाई विभिन्न वाद्यबाधन सामग्री बजाउँदै नाच प्रदर्शन गरी नगर परिक्रमा गर्दछन् । परिक्रमाका क्रममा श्रद्धालुले दूध, फलफूल, रोटी, दही–चिउरा, खाद्यान्न तथा दक्षिणा दान गर्ने प्रचलन रहेको छ ।
जात्राका क्रममा नगर परिक्रमा गर्दा वर्षभरि मृत्यु भएका व्यक्ति ‘गाईको पुच्छर समाई वैतरणी पार’ हुन्छन् भन्ने धार्मिक जनविश्वास छ । “विशेषत: पितृमोक्षका रुपमा गाईजात्रा पर्वलाई स्थापित गराइएको छ”, बनेपाका इतिहासविद् स्व ज्ञानकाजी मानन्धनरको ‘बनेपाको इतिहास’ पुस्तकमा उल्लेख छ ।

राजा प्रताप मल्लले पुत्रशोकले भावविह्ल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक ब्यहोर्नुपर्छ भन्ने सन्देश दिन ‘जनतालाई आ–आफ्नो घरका मरेको ब्यक्तिको नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु’ भनी आत्रा दिएका आधारमा यो पर्व सुरु गरिएको ऐतिहासिक तथ्य रहेको पाइन्छ । यसबाट पनि रानीको मन शान्त नभएपछि प्रहसन, नाटक र नाच प्रस्तुत गरिएअनुसार गाईजात्रामा प्रस्तुत गर्दै आइको जनश्रृति रहेको छ । सोही समयमा सुरु गरिएको गाईजात्रा हनुमाढोकास्थित ‘राजप्रासाद’ भएर जानुपर्ने प्रथा हालसम्म जारी रहेको बताइन्छ ।

विशेष गरी काठमाडाँै, भक्तपुर, ललितपुरलगायत नेवारी समदायको बाक्लो बस्ती रहेको स्थानमा मनाइने यो जात्रा काभ्रेपलाञ्चोकमा पनि सोही समयदेखि नै मनाइँदै आइएको हो । पछिल्लो केही वर्षदेखि जिल्लाको अन्य स्थानमसमेत जात्रा विस्तार गरिँदै आइएको छ । ‘क्वाँटी पूर्णिमा’को उपमा दिइने यस जात्रा जनैपूर्णिमाको भोलिपल्ट मनाइने भए पनि तिथिले आज नै परेको बताइन्छ । जनैपूर्णिमा र गाईजात्राको दुई दिन भने क्वाँटी खाने चलन रहँदै आएको छ ।

यसैबीच जनैपूर्णिमा तथा रक्षाबन्धनका अवसरमा तेमाल गाउँपालिकाले धार्मिक जात्रा मनाउन हिजोदेखि तीन दिन सार्वजनिक बिदासमेत दिएको छ । तेमालमा अवस्थित सत्यनारायण मन्दिर परिसरमा जनैपूर्णिमाको अवसरमा परापूर्वकालदेखि नै विशेष धार्मिक जात्रा हुने भएकाले उक्त जात्रामेला तेमालको सांस्कृतिक पर्वका विकसित भएको जनाउँदै गाउँपालिकाले बिदा दिएको जनाएको छ ।

उक्त जात्रामा तेमाललगायत आसपासका स्थानीय तह र अन्य छिमेकी जिल्लाबाटसमेत दर्शनार्थी भक्तजन उपस्थित भई अनुष्ठान गर्ने भएकाले यस जात्रा र मेलालाई सभ्य र भव्यरुपमा मनाउन गाउँपालिकाअन्तर्गतका कार्यालय, शैक्षिक संस्था, स्वास्थ्य संस्था तथा वडा कार्यालय बन्द हुने सूचनामा उल्लेख छ । रासस