७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ: सभापति पन्थ

बजेट तान्न होइन, सुशासन प्रवर्द्धनमा लागौँ: सभापति पन्थ
अ+ अ-

काठमाडौँ । राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले विकासका नाममा आफ्ना निर्वाचन क्षेत्रमा बजेट तान्ने होडबाजीभन्दा सुशासन प्रवर्द्धन कार्यक्रममा क्रियाशील हुन जनप्रतिनिधिलाई आह्वान गर्नुभएको छ ।

सुशासन प्रवर्द्धन गर्नेतर्फ राज्यको खासै ध्यान पुग्न नसकेको हुँदा जनप्रतिनिधिका हैसियतले सांसदले विकृति, विसङगति, अनियमतिा र भ्रष्टाचार अन्त्य तथा सुशासन प्रवर्द्धनमा काम गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । राससँग कुराकानी गर्दै सभापति पन्थले भन्नुभयो, “भ्रष्टाचारलगायतका जति पनि विकृति, अनियमित र बेथितिलाई अन्त्य गर्न संसदीय समितिले पनि प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता छ ।”

सरकार विकास र समृद्धिका कार्यक्रमलाई जोड दिने तथा दलका नेता र जनप्रतिनिधि पनि विकासका नाममा आफ्ना क्षेत्रमा बजेट धेरै तान्न खोज्ने होडबाजीले सुशासन प्रवर्द्धन र दिगो विकासको लक्ष्य प्राप्त गर्न चुनौती खडा गर्ने उहाँको भनाइ थियो ।

मुलुकको सोह्रौँ पञ्चवर्षीय योजनाले सुशासन, सामाजिक न्याय र समृद्धिको सोच अघि सारेको उल्लेख गर्दै सभापति पन्थले राजनीतिक, प्रशासनिक र न्यायिक क्षेत्रमा सुशासन कायम गर्ने मामिलामा जनप्रतिनिधिको खबरदारी आवश्यक रहेको धारणा राख्नुभयो ।

यसैबीच, समितिले सुशासन प्रवर्द्धन सम्बन्धमा अध्ययन, अनुगमन र राज्यका सम्बन्धित निकाय तथा सरोकारवालासँग आवश्यक छलफल गर्न सुशासन प्रवर्द्धन तथा अनुगमन गर्न रमेशजङ्ग रायमाझीको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । सभापति पन्थको अध्यक्षतामा बिहीबार बसेको बैठकले गठन गरेको उपसमितिका सदस्यमा नारायणप्रसाद दाहाल र शारदादेवी भट्ट रहनुभएको छ । रासस