४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी सांसद दाहालको दाबी: प्रधानमन्त्री–राप्रपाबीच कोशी सरकार निर्माणमा सहयोग गर्ने भद्र सहमति छ



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनबीच कोशी सरकार सञ्चालनको सम्बन्धमा भद्र सहमति भएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद दाहालले कोशी प्रदेश सरकारलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि प्रधानमन्त्री दाहाल र राप्रपा अध्यक्ष लिङदेनबिच भद्र सहमति भएको बताउनुभएको हो ।

सोही सहमतिका आधारमा माओवादीको भागमा परेको पूर्वाधार विकास समिति सभापति राप्रपालाई दिएको बताउनु भयो । उहाँले कोशी प्रदेशमा मध्यावधि निर्वाचनको अवस्था आइसकेको अवस्थामा राप्रपाको समेत मध्यावधि निर्वाचन नहोस् भन्ने चाहानाका कारण सहमति सम्भव भएको बताउनु भयो । उहाँले राप्रपाले कोशी प्रदेश सरकार निर्माणमा सघाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कोशी प्रदेशमा विकल्प भनेको निर्वाचन हो । मध्यावधि निर्वाचनमा जानको निम्ति अर्थतन्त्रको हिसावले अर्बौँ खर्च हुने यो अहिले हाम्रो मुलुकले अहिले निर्वाचन धान्न नसक्ने अवस्था भइसकेपछि कोशी प्रदेशको सरकारलाई व्यवस्थित ढंगले सञ्चालन गर्न र वैधानिक ढंगले सरकार निर्माण गर्नको निम्ति हामीलाई राप्रपाको साथ चाहिन्थ्यो ।’

‘राप्रपा पनि कोशी प्रदेशमा कमसेकम मध्यावधि निर्वाचन भन्दापनि अहिलेको जुन समस्या छ त्यो समस्या हल गर्न उहाँहरु सहमत भइसकेपछि मुख्यत: माओवादीको भागमा परेको एउटा संसदीय समिति राप्रपालाई दिएको हो । प्रधानमन्त्रीज्युसँग भद्र सहमति भएको छ, संघीय संसदमा पनि उहाँहरुको भुमिका प्रभावकारी हुने । संसदीय भुमिकालाई व्यवस्थित ढंगले सञ्चालन गर्न सहयोगि भुमिका हुने र कोशी प्रदेशमा सरकार निर्माणमा उहाँहरुले सहयोग गर्ने भद्र सहमति अनुरुप नै हामीले संसदीय समिति दिएका छौँ ।’

उहाँले ललितपुरमा प्रदेश प्रमुख र मुख्यमन्त्रीको निम्ति आवासीय भवन आवश्यक नभएको बताउनु भयो । विगतको सरकारले कमिसनका लागि अनावश्यक भौतिक संरचनाहरु बनाएको उहाँले आरोप लगाउनु भयो ।