२१ श्रावण २०८३, बिहीबार
,
Latest
उच्च आर्थिक वृद्धि हासिल गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण छः उपाध्यक्ष डा भट्ट सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न आदेश नेपालसँग श्रम सहकार्य विस्तार गर्न इजरायल इच्छुक छः राजदूत बास जैविकग्यास उत्पादन बढाउन भारतद्वारा २.५ अर्ब डलरको योजना स्वीकृत करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने दिगो रोजगार प्रणाली निर्माणबारे छलफल विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न व्यक्ति पक्राउ “राष्ट्रिय सेवा दलसम्बन्धी विधेयकमा षडयन्त्रको गन्ध छ” सांसद मोहम्मद इस्तियाक राई राज्य व्यवस्था समितिमा अनुगमन टोलीको कार्यशैलीलाई लिएर विवादः एमाले नेतृ अर्यालद्वारा नियमापत्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

गणपूरक सङ्ख्या नपुगेपछि संसद् बैठक स्थगित



संघीय संसद। फाईल फोटो
अ+ अ-

काठमाडौँ । गणपूरक सङ्ख्या नपुगेपछि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।

मंगलबार बसेको बैठकमा प्रधानमन्त्रीको सवाल-जवाफसम्म सांसदहरूको राम्रै उपस्थिति रहेपनि ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’माथिको सैद्धान्तिक छलफल गर्ने क्रममा आवश्यक पर्ने एक चौथाइ सङ्ख्यासमेत नपुगेपछि स्थगित गरिएको हो ।

सभामुखले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’लाई निर्णयार्थ प्रस्तुत गर्न लागेपछि रास्वपा सांसद सुमना श्रेष्ठले नियमापत्ति जनाउँदै गणपूरक सङ्ख्या नपुग्ने भन्दै सांसदहरूको गणना गर्न माग गरेकी थिइन् । यस्तै एमाले सांसद दामोदर पौडेल वैरागीले पनि गणपूरक सङ्ख्या नपुग्ने बताएका थिए ।

पछि गणना गर्दा सांसद सङ्ख्या कम्तीमा ६९ जना हुनुपर्नेमा ५९ जना मात्र भएपछि बैठक एक सातालाई स्थगित गरिएको हो । सभामुखले बैठक भदौ १८ गते दिनको १ बजे बस्ने गरी बोलाएका छन् ।