७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो News Polar प्रमुख प्रतिपक्षका रूपमा कांग्रेस थप जिम्मेवार र परिपक्व बन्नुपर्छ : प्रदीप पौडेल News Polar नाडा र भन्सार विभागबीच रसुवा बाढीबाट अटोमोबाइल क्षेत्रमा परेको क्षतिबारे छलफल News Polar प्रधानमन्त्रीको संयुक्त राष्ट्रसंघ भ्रमणः दलहरूसँग परामर्श र प्रोटोकल पालनामा प्रतिपक्षको असन्तुष्टि News Polar नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनुमा होइन

सुदूरपश्चिमका ६ विमानस्थलमा जहाज हैन चरा उड्छन्

वर्षौदेखि जहाज आउने बाटो कुर्दै सुदूरपश्चिमका स्थानीय

सुदूरपश्चिमका ६ विमानस्थलमा जहाज हैन चरा उड्छन्
अ+ अ-

डोटी ।सुदूरपश्चिको पहाडी जिल्लामा लाखौँ रकम खर्च गरेर निमार्णय गरिएका विमानस्थल जहाजको पर्खाइमा रहेका छन ।

तत्कालिन बिद्रोही पक्ष माओवादीले ध्वस्तपारेका बिमानस्थल माओवादी शान्ती प्रक्रियामा आएको लामोसमय सम्म गौचरन बनेका थिए । सुदूरपश्चिमका नागरिकको लामो दवाव पछि पक्की धावनमार्ग सहित केहि समय चाटर्ड उडान भएका विमानस्थलमा डोटीबाट निर्वाचित हुनु भएका प्रेमबहादुर आले सस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बन्नु भएपछि भने केहि महिना नियमित उडान भएका थिए ।

समिट एयरलाईन्स र नेपाल वायु सेवा निगमले यहाँको प्रदेश राजधानी कैलालीको धनगढीबाट डोटीको दिपायल, अछामको साँफेबगर,बझाङको देवल र बैतडीको पाटन बिमानस्थलमा उडान भर्दै आएका थिए । आले मन्त्रीबाट बाहिरिएसँगै समिट एयरलाइन्सले यात्रु अभाव र नेपाल वायु सेवा निगमले जहाज अभाव भन्दै उडान रोकेपछि नागरिकले पुन: बसको कष्टकर यात्रा गर्न बाध्य भएका छन् । अहिले यहाँका विमानस्थलहरुमा जहाज उड्नुको साटो चराहरु उड्न थालेका छन् ।

दिपायल विमानस्थल

डोटीको दिपायल विमानस्थल २०२६ सालमा स्थापना भई पटक–पटक सञ्चालनमा आउँदै बन्द हुँदै गरेको छ । माओवादी आक्रमणबाटै २०५८ सालदेखि पूर्ण रुपमा बन्द रहेको यो विमानस्थल गौचरन र खेलमैदानमा परिणत भएको थियो । २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको स्तरोन्नतिको काम अगाडि बढाएको थियो । कुल ६ करोड ८० लाख रुपैयाँको लागतमा ४९० मिटर लम्बाइ धावनमार्ग सहित कालोपत्रे भएको यो विमानस्थल २०७७ सालमा पुन: सञ्चालनमा आएको थियो ।

आले संकृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री बनेपछि भने केहि महिना नियमित उडान भएको यो विमानस्थलमा जहाज आउन अहिले पुन: बन्द भएको छ ।

साँफेबगर विमानस्थल

यसैगरी २०२४ सालमा निर्माण सुरु भएको साँफेबगर विमानस्थल २०३२ सालबाट सञ्चालनमा आएको थियो । २०४४ सालदेखि २०५८ सालसम्म साँफेबगर विमानस्थल निरन्तर सञ्चालन आएपनि २०५८ फाल्गुनमा माओवादीले ध्वस्त पारेसँगै पुन: बन्द भयो ।

कुल ११ करोड ५० लाख रुपैयाँको लागतमा ५ सय मिटर लम्बाइ र २० मिटर चौडाइ भागमा कालोपत्रे गरि २०७५ जेठमा पुन: सञ्चालन भएको बिमानस्थलमा केहि समय जहाज आएपनि अहिले भने आउन छोडेको छ । यात्रु अभाव देखाउदै जहाज नआउने अछाममा अछामकै कमलजारमा कमलजार बिमानस्थल निमार्ण भईरहेको छ । जहाज नआउदा नागरिकले सास्ती पाउदै आएका स्थानीयवासीहरु बताउछन् ।

देवल बिमानस्थल बझाङ

२०३२ साल देखि नियमित उडान भएको देवल बिमानस्थलमा २०६६ सालबाट जिल्लामा सडक जोडिएसंगै नियमित उडान स्थगित गरिएको थियो । कुल ५ करोड ५० लाखको लागतमा ६ सय ५० मिटर धावनमार्ग कालोपत्रे भएपछि २०७७ सालमा पुन: सञ्चालन भएको बिमानस्थलमा हाल यात्रु अभाव देखाउदै जहाज आउन छोडेको छ ।

पाटन बिमानस्थल बैतडी

२०३२ सालदेखि निर्माण सुरु भएको बैतडीको पाटन विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको बैतडीको पाटन बिमानस्थल २०५२ सालदेखि हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वका क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रुपमा ध्वस्त भयो ।

पुन: सञ्चालनको योजनासहित २०७३ सालमा ११ करोडको लागतमा बैतडी विमानस्थल कालोपत्रे गरेर सञ्चालनमा ल्याइएको भएपनि हवाई उडान भने लामो समयदेखि बन्द रहेको छ । २०७८ चैत १० गते समिट एयरले अन्तिम उडान भरेको थियो। त्यसयता पाटन–धनगढी कुनै उडान हुन सकेको छैन

गोकुलेश्वर बिमानस्थल दार्चुला

२०५८ साल मंसिर ११ गते तत्कालीन विद्रोही नेकपा माओवादीले आगजनी गरेपछि बन्द भएको दार्चुलाको गोकुलेश्वर बिमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । बिमानस्थल सञ्चालनको लागी अहिले धावनमार्गको उचाई बढाउने काम भईरहेको छ ।

डडेल्धुरा बिमानस्थल

सुदूरपश्चिमका नौँ जिल्ला मध्ये बिमानस्थल नभएको जिल्ला हो डडेल्धुरा । पुर्वप्रधानमन्त्री शेरबहादुर जिल्लाको गृह जिल्ला समेत रहेको गृह जिल्ला डडेल्धुराको अजयमेरु गाउँपालिका– १ पुइलेकमा विमानस्थल निर्माणका लागि ईआईएको काम समेत सकिएको छ ।

नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको काम अगाडी बढाउन गत वर्ष २५ लाख बजेट समेत विनियोजन गरेको थियो । देउवाले समेत निवार्चनको बेला डडेल्धुरा विमानस्थल बन्ने बताउनु भएका थियो तर अहिलेसम्म कुनै काम अगाडी बढ्न सकेको छैन । विमानस्थल चाडो सञ्चालन हुनुपर्ने डडेल्धुराबासीको माग छ ।