१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्ने गल्ती नगरौं: राष्ट्रिय सभा सांसद सुनार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभाका सांसद भुवनबहादुर सुनारले अधिकारको खोजि गर्दा सामाजिक सद्भाव बिग्रियो भन्न नमिल्ने बताउनुभएको छ ।

आईतवार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उहाँले अधिकारको माग गर्नेहरुलाई सामाजिक सद्भाव बिगार्ने काम गर्‍यो भनेर गलत अर्थ लगाउने नहुने समेत बताउनु भयो । उहाँले सबै जाति र समुदायले मिलेर देश बनाउने बेलामा जातीय विभेद खडा गर्न नहुने बताउनु भयो । सांसद सुनारले जातीय आधारमा साना र ठूला भन्ने काम गर्न नहुने पटकपटक दोहोर्‍याउनु भयो ।

उहाँले भन्नुभयो, ‘अधिकार चाहियो भन्दा सामाजिक सद्भाव बिग्रियो भनेर गलत अर्थ लगाउने प्रयास भइरहेको छ । त्यसो नभई हामीले यसमा गल्ती गरेका रहेछौं भनेर करेक्शन गर्न लाग्नुपर्ने हो । हामी सबै एक भएर देश बनाउनु पर्छ । देश विकसित बनाउनु पर्छ भन्ने हामीमा पैदा होस् भन्ने कामना गर्दछ । अहिलेको समयमा पनि साना र ठूलो भनेर भेदभाव गर्नुहुन्न ।’

सांसद सुनारले निजामति सेवामा पनि जनसंख्याको आधारमा उत्पीडित दलीय समुदायको प्रतिनिधित्व हुनुपर्ने दोहोर्‍याउनु भयो ।