२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषदको बैठकबाट बिभिन्न निकायमा पदाधिकारी नियुक्तिको सिफारिस



अ+ अ-

काठमाडौं। संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत  संवैधानिक निकायहरूमा रिक्त पदाधिकारीमा नियुक्तिको लागि सिफारिस गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद्ले ती निकायमा नियुक्तीका लागि सिफारिस गरेको हो।

उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन। आईतबार बिहान बसेको बैठकमा प्रधानमन्त्री  एबं परिषद्का अध्यक्ष केपी ओली प्रधानन्यायधीस चोलेन्द्र शमशेर  राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी हुनु भएको थियो  ।

प्रधानमन्त्रीले आब्हान गरेको बैठक लोकतान्त्रीक पद्दति बिपरित भएको भन्दै शभामुख अग्नी सापकोटा  र बिपक्षी दलका नेता शेर बहादुर देउवा भने सहभागी हुनु भएन ।

उता नेकपा एमालेका बरिष्ठ नेता माधब नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले पनि बैठक आब्हान असबैधानिक भएको भन्दै सहभागी नहुन अनुरोध गर्नुभएको थियो । केही दिन अघि मात्र बहुमत सदस्यले निर्णय गर्न सक्ने गरी अध्यादेश जारी भएको थियो ।