५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँच किलो चाँदी कम्मरमा बाँधेर ल्याइएको अवस्थामा भारतीय नागरिक पक्राउ



अ+ अ-

सिरहा । प्रहरीले कम्मरमा बाँधेर ल्याइएको पाँच किलो चाँदीको गरगहनासहित एक जना भारतीय नागरिक पक्राउ गरेको छ ।

भारत मधुबनी बरहमपुरा–३ बस्ने ५२ वर्षीय विश्वनाथ साहलाई प्रहरीले भगवानपुर गाउँपालिका- ४ ठाडीबाट गरगहनासहित पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा कम्मरमा बाँधी ल्याएको अवस्थामा गरगहनासहित पक्राउ गरिएको प्रहरी चौकी ठाडीले जनाएको छ ।

प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको छ ।