९ श्रावण २०८३, शनिबार
,
Latest
अनाथ बाँदर ‘पन्च’लाई जन्मदिनको शुभकामना ! काठमाडौँको तारकेश्वरमा कारभित्र जलेको अवस्थामा महिलाको शव फेला तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक माटोको उर्वरा शक्तिमा सुधार ल्याउन प्राङ्गारिक मल प्रयोग गरौँः मन्त्री चौधरी छिन्नलता पुरस्कारबाट वरिष्ठ गायक श्रेष्ठसहित पाँच स्रष्टा पुरस्कृत गण्डकी प्रदेश प्रमुखद्वारा गाँजाखेतीसम्बन्धी विधेयक प्रदेशसभामा फिर्ता सरकारले तोकेको मापदण्ड पालन गर्न मासु व्यवसायीलाई आग्रह घुससहित डिभिजन प्रमुख र अधिकृत पक्राउ भरतपुर अस्पतालद्वारा एक वर्षमा तीन हजार युनिट रगत सङ्कलन माछाका भुरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले रच्यो इतिहास, चन्द्रयान–३ चन्द्रमामा अवतरण



अ+ अ-

एजेन्सी । छिमेकी राष्ट्र भारतले इतिहास रचेको छ । चन्द्रयान–३ को विक्रम ल्यान्डर चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक अवतरण भएको छ । नेपाली समयानुसार ६ बजेर १७ मिनेट जाँदा ल्यान्डर अवतरण भएको हो ।

भारत चन्द्रमाको यस भागमा यान अवतरण गर्ने पहिलो देश बनेको छ ।

जबकि यो चन्द्रमाको कुनै पनि भागमा यान अवतरण गर्ने चौथो देश बनेको छ । यसअघि अमेरिका, सोभियत संघ र चीनले मात्रै यस्तो सफलता हासिल गरेका थिए ।

अब सबैजना विक्रम ल्यान्डरबाट प्रज्ञान रोभर निस्कने प्रतिक्षामा छन् । विक्रम र प्रज्ञानले एकअर्काको फोटो खिचेर पृथ्वीमा पठाउनेछन् ।

त्यसपछि यो कीर्तिमान रसियाको नाममा बन्ने थियो, भारतभन्दा पहिले रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा लुना–२५ यान अवतरण गर्न लागेको थियो । यो अवतरण अगस्ट २१ मा हुने थियो तर अन्तिम कक्ष परिवर्तन गर्दा बाटोबाट विचलित भएर चन्द्रमाको सतहमा ठोक्कियो ।

चन्द्रयान–३ जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट दिउँसो ३ः३५ बजे प्रक्षेपण गरिएको थियो । चन्द्रमाको सतहमा अवतरण गर्न ४१ दिन लागेको थियो । पृथ्वीबाट चन्द्रमाको कुल दूरी ३ लाख ८४ हजार किलोमिटर छ ।