२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी News Polar चुमनुब्रीमा स्वास्थ्य प्रतिकार्यका लागि स्वास्थ्य मन्त्रालय सक्रिय

भिम रावल राजीनामाको पक्षमा, सुरेन्द्र पाण्डे विपक्षमा, माधव नेपाल संकटमा

भिम रावल राजीनामाको पक्षमा, सुरेन्द्र पाण्डे विपक्षमा, माधव नेपाल संकटमा
अ अ+ अ-

काठमाडौं । माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदहरुले आज प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई विश्वासको मत नदिने तर सांसद पदबाटै राजीनामा दिने भनिएपनि त्यसमा केही समस्या उत्पन्न भएको छ । 

सो पक्षका केही सांसदहरुले राजीनामा नदिने भएका छन् । यसकारण सो समूहमा अन्तिममा फुट आएको देखिएको छ । सांसद पदबाट राजीनामा दिने विषयमा स्थायी कमिटीका नेताहरू नै विभाजित भएपछि नेकपा एमालेको माधव नेपाल पक्ष संकटमा परेको पछिल्लो सूचना प्राप्त भएको छ ।

नेपाल खनाल समूहका नेताहरु घनश्याम भुसाल,योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्टलगायतले राजीनामा दिन नहुने बताएका छन् । उनीहरु राजीनामाको विपक्षमा उभिएका हुन् । यसपछि वरिष्ठ नेता नेपाल अप्ठ्यारोमा परेका समाचार स्रोतले जानकारी दिएको छ । 

नेपाल पक्षका सांसदहरूको बैठकमा पनि घनश्याम योगेश पक्षले राजीनामा दिन नहुने बताएको थियो । केही सांसद राजीनामा नदिने भन्दै बैठकबाट बाहिरिएपछि संसद बैठकमा अनुपस्थित हुने भनेर नेताहरु उठेका थिए ।

उनीहरु यसरी बाहिरिएपछि ती नेताहरु अहिले अलग्गै कतै बैठकमा बसेका जनाइएको छ । विश्वासको मत लिने बैठकमा पार्टीको ह्वीप उल्लंघन गरेर अनुपस्थित हुनु कानुनी कारवाहीको विषय भएकाले बैठकमा गएर प्रधानमन्त्रीलाई विश्वासको मत दिनुपर्ने दबाब पार्टीभित्र छ । त्यसैले बैठकमा जाने विषयमा पनि उनीहरु छलफल गरिरहेको अनुमान गरिएको छ । 

समाचार स्रोतका अनुसार सांसदहरूको बैठकअघि आज बिहान पनि पनि नेपाल खनाल पक्षका नेताहरुको जुम बैठक भएको थियो । सो बैठकमा पनि यस समूहका नेताहरूबीच राजीनामा दिने कि ओलीलाई विश्वासको मत दिएर पार्टी एकता जोगाउन अन्ति प्रयास गर्ने भन्ने विषयमा छलफल भयो । 

यस बैठकमा पनि यस समूहका सबै नेताहरुले राजीनामा दिने विषयमा सहमति कायम गर्न सकेका थिएनन् । 

ृउता नेपाल खनाल पक्षका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेता कुनै पनि हालतमा केपी ओलीसँग रहन नसकिने भन्दै राजीनामा दिएर नयाँ पार्टी गठनको प्रक्रियामा जानुपर्ने पक्षमा उभिएका छन् । त्यो बैठकमा उनीहरु यसै विषयमा कुरा राखेका थिए । 

तर त्यसै बैठकमा सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेता विपक्षमा उभिएका थिए । त्यसपछि जुम बैठकमै ती नेताबीच आपसमा बाझाबाझ भएको स्रोतले जनाएको छ ।