२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: ‘बयान’ दिन पुगेका पूर्वमन्त्री जोशीलाई सीआईबीले फिर्ता पठायो



अ+ अ-

काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको सीआईबीले आज बयानका लागि पूर्वमन्त्री चन्द्रदेव जोशीलाई बोलाए पनि वयान नलिई फर्काएको छ ।

सीआईबीले तत्काल बोलाएपछि आफू झरीमा रुझ्दै स्कुटरमा गएको तर पुगेपछि ‘अहिले फर्कनुहोस् पछि बोलाउँछु’ भनेर जानकारी गराएको जोशीले न्यूजपोलारलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो ‘पहिलो पटक सिबिआइ प्रमुख आफैले बयानका लागि भनेर बोलाउनु भयो । तर फेरी अहिले नआउनु भनि खबर आयो । आज फेरी बोलाए बमोजिम सवा १ बजे सीबीआइ कार्यालय पुगेको थिए । तर बयान नलिइ फेरी बोलाउँला भनी फर्काइयो । भ्रष्टाचारविरुद्धको हरेक प्रयासमा मेरो प्रतिवद्धता कायम छ । म फरार छुँइन ।’

यसअघि सीआईबीले पूर्वप्रधानमन्त्रीद्वय माधव नेपाल र डा बाबुराम भट्टराईको भने उहाँहरुको अनुकुल स्थानमा पुगेर केही ‘सोधेको ‘जनाएको थियो ।