२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा सर्पले टोकेर एक महिलाको मृत्यु



symbolic picture
अ+ अ-

सुरुङ्गा । झापाको हल्दिबारीमा विषालु सर्पले टोकेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हल्दिबारी गाउँपालिका–२ निवासी ४५ वर्षीया जितेन राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले बताउनुभयो ।

उहाँका अनुसार राजवंशीलाई शनिबार दिउँसो घरमै करेत सर्पले टोकेको थियो । सर्पले टोकेर गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो । स्वास्थ्य अवस्था जटिल बनेपछि थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पुर्‍याए लगत्तै उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ । रासस