४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या

भदौमै पाक्न थाल्यो सुन्तला

भदौमै पाक्न थाल्यो सुन्तला
अ+ अ-

गल्याङ । स्याङ्जामा भदौमै सुन्तला पाकेर बिक्रीका लागि तयारी गरिएको छ । पुतलीबजार नगरपालिका–११, मायाटारीका बोधराज अर्यालले लगाएको उन्सु जातको सुन्तला साउनको अन्तिम साताबाटै पाक्न सुरु भएको हो । उहाँको फार्म करिब एक सय ५० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

अर्यालको फार्ममा सुन्तला बँगैचामा उन्सुसहित १५ प्रजातिका १३ सय सुन्तला, अमिला जातका फलफूल, कफी, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनारलगायत ३५ भन्दा धेरै कृषिउपज उत्पादन हुन्छन् । उहाँले वार्षिक रु १५ लाखको मात्र सुन्तला बिक्री गर्दै आउनुभएको छ ।

शान्ति कफी टे«ड र मायाटारी कफी उद्योग दर्ता गरेर उहाँले कृषि व्यवसाय सञ्चालन गर्नुभएको छ । सुन्तला उत्पादनका लागि उपयुक्त हावापानी भएको स्याङ्जामा स्थानीयसहित विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । ‘साउनदेखि फागुनसम्म’ ताजा सुन्तला भन्ने नारासहित साउन, भदौमा उत्पादन दिने जापानिज उन्सु जातको सुन्तला लगाएको अर्यालले जानकारी दिनुभयो । “उन्सु जातको सुन्तला मात्र एक सय बोट छन्”, उहाँले भन्नुभयो, “अहिले ४० बोटले उत्पादन दिएका छन् भने ६० बोट उत्पादनका लागि ठिक्क छन् ।”

उन्सु जातका सुन्तलाका दाना ठूल्ठूला र निकै स्वादिला हुने उहाँले बताउनुभयो । “बेमौसममा फलेका कारण स्याउको मूल्यमा बिक्री हुन्छ”, कृषक अर्यालले भन्नुभयो, “अहिले घरमा आउने पाहुनालाई खुवाउने र कोसेलीका रुपमा दिने गरेका छौँ ।” उहाँले उन्सु जातका सुन्तलाले एक/दुई वर्षमै स्याङ्जामा राम्रो उत्पादन दिने बताउनुभयो ।

“कीर्तिपुरस्थित राष्ट्रिय सुन्तला अनुसन्धान केन्द्रबाट दुई उन्सु जातका बेर्ना ल्याएर लगाएको थिए”, उहाँले भन्नुभयो, “सुन्तला हुर्केपछि कलमी गरेर एक सय बोट उत्पादन दिने खालका सुन्तला बनाएको छु, नर्सरीमा किन्न चाहनेका लागि थुप्रै कलमी बिरुवा तयार गरेको छु ।”

अर्यालले २०४९ सालमा १० बोटबाट सुन्तलाको व्यावसायिक खेती सुरु गर्नुभएको थियो । “तत्कालीन समयमा गाउँमा ओमबहादुर केसी नाम गर्नुभएका ज्येष्ठ बुवा हुनुहुन्थ्यो”, उहाँले गाउँभरिका सबैलाई सुन्तला रोप्नुपर्छ भनेर नि:शुल्क बिरुवा दिनुहुन्थ्यो”, उहाँले पुराना दिन सम्झनुभयो, “उहाँकै प्रेरणा र हौसलाका कारण सुन्तला खेतीमा लागेको छु ।”

अर्यालको फार्मका उत्पादन वस्तु विगत १६ वर्षदेखि जापान निर्यात हुँदै आएका छन् । उहाँले विशेष गरेर कफी, सुन्तला, अदुवा, बेसार, तेजपत्ता, टिमुर, जुनार, जामलगायत ३५ भन्दा धेरै सामग्री जापान पठाउँदै आएको बताउनुभयो । उहाँले पुतलीबजार–१२ पेल्काचौरमा ३० देखि ४० हजार कलमी सुन्तलाका बिरुवा उत्पादन गर्ने उद्देश्यसहित उच्च प्रविधिको नर्सरीसमेत बनाउनुभएको छ ।

उहाँले उत्पादन गरेको सुन्तला काठमाडाँै, बुटवल, भैरहवालगायतका स्थानमा निर्यात हुने गरेको छ । कृषि क्षेत्रमा तीनै तहका सरकारको राम्रो सहयोग पाएको उहाँको भनाइ छ । अर्यालकी श्रीमती उमाले श्रीमान्को कृषि कर्मले सामाजिक प्रतिष्ठा निर्माण भएको बताउनुभयो ।

छोरा उभित उहाँको कामलाई सघाउनसक्ने हुनुभएको छ । छोरी अनुषा पोखरामा अध्यनरत रहेको सुनाउँदै उभितले फार्म व्यवस्थापनको भूमिका राम्रोसँग निभाउन थालेको अर्यालले बताउनुभयो । स्याङ्जामा सुन्तला खेतीको सम्भावना राम्रो भएकाले अध्ययन र अनुसन्धान गरेर लाग्न नयाँ आउन चाहने कृषकलाई उहाँको सुझाव छ ।

अर्यालले एक सय बढी कृषिसम्बन्धी तालिम लिनुभएको छ । उहाँले हाल सुन्तला र कफीसम्बन्धी जिल्ला बाहिर र जिल्लाभित्र प्रशिक्षकका रुपमा तालिमसमेत दिँदै आइरहनुभएको छ । उहाँको फार्ममा अहिले पाँच जनाले रोजगारी पाएका छन् भने सुन्तलाको याममा २० जनासम्मले रोजगारी पाउने गरेका छन् ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले जिल्लामा पुतलीबजार, अर्जुनचौपारी र वालिङ नगरपालिकामा उन्सु जातको सुन्तलाखेती व्यावसायिकरुपमा गर्न थालिएको बताउनुभयो । उहाँले स्याङ्जामा २२ सय हेक्टर क्षेत्रफलमा सुन्तलाखेती हुँदै आएको जानकारी दिनुभयो ।

“यहाँ वार्षिक रु १० लाखभन्दा धेरै आम्दानी गर्ने व्यावसायिक कृषक पाँच सयभन्दा धेरै छन्, सहकारी, समूहलगायत रु १० लाखभन्दा कम आम्दानी गर्ने कृषक हजारौँको सङ्ख्यामा छन्”, प्रमुख हमालले भन्नुभयो, “यहाँ सुन्तला खेतीका लागि उपयुक्त माटो र हावापानी राम्रो भएकाले किसान सुन्तला खेतीप्रति आकर्षित भएका हुन् ।” उहाँले सुन्तला ग्रेडिङ गर्ने मेसिन स्याङ्जामा मात्र रहेको जानकारी दिनुभयो । उहाँका अनुसार कृषि ज्ञान केन्द्रले सुन्तलाखेती विस्तारका लागि बगैँचा व्यवस्थापन, रोग किरा व्यवस्थापन, नि:शुल्क बिरुवा वितरण, बारबन्देजलगायतका कार्यक्रम सञ्चालन गरिरहेको छ । रासस