६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह

गत आवमा रु ५५ खर्ब १८ अर्बको तरलता प्रवाह
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा वित्तीय बजारमा रु ५५ खर्बभन्दा बढी तरलता प्रवाह गरेको जनाएको छ ।

केन्द्रीय बैंकले आज सार्वजनिक गरेको गत आवको तथ्याङ्कमा आधारित मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको विवरणानुसार गत आवमा कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड तरलता प्रवाह भएको छ ।

राष्ट्र बैंकका अनुसार गत आवमा रिपोमार्फत रु चार खर्ब १४ अर्ब ४७ करोड, सोझै खरिदमार्फत रु ८९ अर्ब ७० करोड, स्थायी तरलता सुविधामार्फत रु २७ खर्ब २७ अर्ब ११ करोड र ओभरनाइट तरलता सुविधामार्फत रु २२ खर्ब ८६ अर्ब ९० करोड गरी कूल रु ५५ खर्ब १८ अर्ब १९ करोड ९कारोबारमा आधारित० तरलता प्रवाह भएको छ । अघिल्लो आवको सोही अवधिमा विभिन्न उपकरणमार्फत खुद रु ९६ खर्ब ४२ अर्ब ४१ करोड तरलता प्रवाह भएको थियो ।

त्यस्तै बैंकले गत आवमा विभिन्न उपकरणको प्रयोग गरेर रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोधन गरेको छ । जसमा रिभर्स रिपोमार्फत रु ८८ अर्ब २० करोड र निक्षेप सङ्कलन बोलकबोलमार्फत रु २० अर्ब गरी कूल रु एक खर्ब आठ अर्ब २० करोड तरलता प्रशोचन गरिएको उल्लेख छ ।

समीक्षा वर्षमा राष्ट्र बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर पाँच अर्ब ४५ करोड खुद खरिद गरी रु सात खर्ब १२ अर्ब ५० करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्ष विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ९१ करोड खुद खरिद गरी रु तीन खर्ब ५५ अर्ब ५७ करोड तरलता प्रवाह गरिएको बैंकले जनाएको छ ।

त्यस्तै केन्द्रीय बैंकले समीक्षा वर्षमा अमेरिकी डलर चार अर्ब ५६ करोड बिक्री गरी रु पाँच खर्ब ९६ अर्ब ३७ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको छ । अघिल्लो वर्ष अमेरिकी डलर चार अर्ब ९२ करोड बिक्री गरी रु पाँच खर्ब ९५ अर्ब २३ करोड बराबरको भारतीय रुपैयाँ खरिद गरेको थियो । रासस