२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

६० किलो सुन तस्करी प्रकरण: थप दुई चिनियाँ नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा थप दुई चिनियाँ नागरिक पक्राउ परेका छन् ।

हङकङबाट आएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न रहेको आरोपमा केन्द्रिय अनुसन्धान ब्यूरो (सिआईबी)ले उनीहरुलाई गएराति काठमाडौंबाट पक्राउ गरेको हो ।

सिआईबीले बुधवार साउन ३१ मा चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । बुधवार पक्राउ परेका टीयान मि र वेन तोङ दम्पति रहेका र उनीहरुले ठमेलमा ‘केटीबी’ नामको रेष्टुरेण्ट संचालन गर्दै आईरहेका अनुसन्धानबाट खुलेको छ । यस्तै, डिङ सेग्फा र ली–नेङकाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गाडीमा सुन ओसार्ने गर्ने गरेको पाईएको छ ।

गएराति पक्राउ परेका दुईजनासहित यस प्रकरणमा पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।