९ भाद्र २०८३, मंगलवार
,
Latest
हर्मुजमा छ महिनामा ६८ समुद्री घटना सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना पुरुष क्रिकेटः मलेसियाले नेपाललाई दियो २३३ रनको लक्ष्य कांग्रेसको विवाद समाधान महाधिवेशन रोक्नु होइन, विश्वसनीय बनाउनु हो : देवराज चालिसे फोहोर र मान्छे एकै ठाँउमा राख्न मिल्दैन, यसमा संघीय सरकार गम्भिर बन्नुपर्छः मेयर महर्जन आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै पाँचवर्षे कार्ययोजना अघि बढाइएको छ : अर्थमन्त्री वाग्ले नुवाकोटको किस्पाङ गाउँपालिकाकाे भेडा फार्म : पर्यटकको आकर्षणदेखि बरुवाल भेडाको संरक्षणसम्म प्रधानमन्त्रीकाे चस्माबारे सांसद शाहीको टिप्पणी : ‘कालो होस् कि सेतो, काम गरे भइहाल्यो’ वर्षासँगै देशभरका विभिन्न सडकखण्ड अवरुद्ध स्वर्णजयन्ती विशेष ‘नाडा अटो साे २०२६’ काठमाडौँमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुसायुक्त खानेकुरा खानुका यस्तो छ फाइदै फाइदा



अ+ अ-

काठमाडौं । टुसायुक्त खाना खाने प्रचलन नयाँ होइन, तर अझैसम्म पनि हामीमध्ये धेरैलाई यसको महत्वबारे थाहा छैन । हजारौँ वर्षदेखि टुसा उमारेर खाने र यस सम्बन्धमा परीक्षण गर्ने प्रचलन रहँदै आएको छ । हुन त क्वाँटी उमारेर खाने चलन हामीकहाँ छ, तर हामी यसको प्रयोग नियमित नभई विशेष पर्वमा मात्र गर्छौं । जुनसुकै उमेर, लिंग, जातिका मानिसले खाद्यान्नमा आफैँ टुसा उमार्न र प्रयोग गर्न सक्छन् । यसले हाम्रो शरीरमा पोषण दिन्छ । यो पूर्ण, सस्तो र बलवर्धक खाना हो । साथै, तयार पार्न सजिलो खाना हो ।

टुसायुक्त खाना किन खाने ?

सस्तो, पोसिलो र विकारविहीन खाना सबैको इच्छाको विषय हो । तर, धेरैमा यस्तो खाना नपाउँदाको असन्तुष्टि हुन्छ । बजारमा तरकारी र फलफूलको भाउ चर्को हुन्छ । नबिग्रियोस् भनेर फलफूल र तरकारीमा राखिएका रासायनिक पदार्थ वा विषालु वस्तुले स्वास्थ्यलाई नराम्रो असर पार्र्छ भन्ने कुरा थाहा पाउँदा यस्ता कुराको विकल्प खोजिन्छ ।

स्वस्थ रहन सफा र सन्तुलित खाना खानुपर्ने हुन्छ, तर, पोसिलो मानिएका खानेकुरा कि महँगा हुन्छन्, कि त पाइँदैनन् । तर, प्रकृतिले हामीलाई सजिलो विकल्प प्रदान गरेको छ, ‘टुसा उमारेका खाना’ खद्यवस्तु पोसिलो, सस्तो र केही मिसिवटरहित हुन्छन् । साँच्चै नै टुसायुक्त खाना सामान्य मानिसका लागि वरदान नै हुन् । सस्तोमा यसले सन्तुलित खुराक प्रदान गर्दछ ।

टुसा उमारेर खानुको अर्थ के हो ?

भिटामिन उद्योग नै घरमा खोल्न सकिने सजिलो उपाय हो ।

घरभित्रै करेसाबारी र फलफूल बगैँचा तयार गर्नुसरह हो ।

इन्धन वा पैसा खर्च नगरेरै खानेकुराको उपादेयतामा वृद्धि गर्नु तथा अन्न तथा गेडागुडीमा रहेको खाद्य तत्वको पोषणमा वृद्धि गर्नु हो ।

टुसा उमार्ने चरणहरू: अन्न तथा गेडागुडीमा टुसा निकाल्दा तीनवटा चरण हुन्छन् । यी तीन चरण पूरा गर्दागर्दै यसमा सकारात्मक परिवर्तन आउँछ ।

१) पहिलो चरण – भिजाउनु

सर्वप्रथम अन्न वा गेडागुडीलाई भाँडोमा राखेर राम्रोसँग पखाल्नुपर्छ । ४–५ पटक पखालेपछि धुलो, ढुंगा आदि हट्छन् । यसपछि भिज्न पुग्ने पानीमा डुबाएर त्यसलाई राख्नुपर्छ । राम्रोसँग भिज्न कति समय लाग्छ भन्ने कुरा भिजाइने कुरा र तापक्रममा भरपर्छ । गेडा वा दाना ठूलो छ भने भिज्न बढी समय लाग्छ । यसैगरी गर्मीयाममा चाँडै भिज्छ भने जाडोयाममा ढिलो । राम्ररी भिजेपछि पातलो कपडामा बेरेर झुन्ड्याँउँदा चाँडै टुसा निस्कन्छ वा भाँडामा राखेर छोपे पनि टुसा उम्रन्छ ।

२) दोस्रो चरण – अंकुरित हुनु

अन्न वा गेडागुडीको दाना फुटेर टुसा निस्कन्छ । यो टुसा आएपछि दानाको गुणहरूमा धेरै सकारात्मक परिर्वतन आउँछन् ।

३) तेस्रो चरण – टुसा

दोस्रो चरणमा अंकुराएको बिउबाट निस्केको टुसा बढ्दै जान्छ । बिउमा रहेको पोषकपदार्थ उपयोग गर्दै टुुसा बढ्छ र यसमा पोषण पनि बढ्दै जान्छ ।

टुसायुक्त खानाको फाइदा :

  • पोषणयुक्त भोजन दिन्छ ।
  • यसले बूढो हुने गति मन्द पार्नुका साथै मानिसलाई सुन्दर, स्वस्थ र रोगमुक्त बनाउँछ ।
  • तुरुन्त प्रयोग हुन सक्ने शरीरलाई आवश्यक शक्ति दिन्छ ।
  • यो सजिलै पाच्य हुन्छ ।
  • अंकुरित खानाले पेटमा वायु बनाउँदैन र कब्जियत हुनबाट रोक्छ ।
  • हरियो तरकारीजत्तिकै फाइदाजनक हुन्छ, तर हरियो तरकारीभन्दा धेरै सस्तो हुन्छ ।
  • रोगप्रतिरोधात्मक शक्ति बढाउँछ ।
  • विभिन्न भिटामिन र खनिजको उत्कृष्ट स्रोत बन्छ ।
  • रोगी, बालबालिका तथा वृद्धमा हुने कुपोषण हटाउन मद्दत गर्छ । (एजेन्सीको सहयोगमा)




भर्खरै