२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दामा बहस भएन, गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पहिलो नम्बरमा परेको मुद्दाको बहस नभईकन सुनवाइ स्थगित भएको हो ।

न्यायाधीश खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । गौशाला २६ की आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै खतिवडाले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएका हुन्।

यससँगै अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ ।

सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश दिएपनी जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता नदेखाएपछि विभिन्न बहानामा पेसि सर्दै आएको छ ।