२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दामा बहस भएन, गौशालाकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज तोकिएको सुनवाइ स्थगित भएको छ ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको इजलासमा पहिलो नम्बरमा परेको मुद्दाको बहस नभईकन सुनवाइ स्थगित भएको हो ।

न्यायाधीश खतिवडाले गौशाला २६ की आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश दिएका छन् । गौशाला २६ की आमाको जन्ममिति दुईवटा आएर विवाद देखिएको भन्दै खतिवडाले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएका हुन्।

यससँगै अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ ।

सर्वोच्च अदालतले उक्त मुद्दालाई छिटो सुनुवाइ गर्नु भनी आदेश दिएपनी जिल्ला अदालतका न्यायाधीशहरुले तदारुकता नदेखाएपछि विभिन्न बहानामा पेसि सर्दै आएको छ ।