६ श्रावण २०८३, बुधबार
,
Latest
तलब बढ्यो, तर महँगी कति नियन्त्रण भयो? वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्यास फिर्ता लिँदै टोलीमा फर्किए अलराउन्डर स्टोक्स



अ+ अ-

एजेन्सी । इंग्ल्याण्डलाई पहिलो एकदिवसीय विश्वकप जिताउने अलराउन्डर बेन स्टोक्सले सन्यास फिर्ता लिएर टिममा फर्किएका छन् । उनी न्यूजिल्याण्ड भ्रमणका लागि इंग्ल्याण्डको टोलीमा छनोट भएका हुन् ।

स्टोक्सले १८ जुलाई २०२२ मा आफ्नो सन्यासको घोषणा गरेका थिए । यसबाहेक टिममा फास्ट बलर गुस एट्किन्सन नयाँ अनुहार छन् ।

३२ वर्षीय स्टोक्स यसै महिना सन्यासबाट फर्कने विश्वका तेस्रो अन्तर्राष्ट्रिय क्रिकेटर बनेका छन् । उनीअघि तमिम इकबाल र मोइन अली आ–आफ्नो सन्यासबाट फिर्ता भइसकेका छन् ।

स्टोक्सको पुनरागमन इङ्लिस क्रिकेटका लागि विशेष छ किनभने उनी भारतमा हुने एकदिवसीय विश्वकपमा गेम चेन्जर साबित हुन सक्छन् । पछिल्लो एकदिवसीय विश्वकपमा पनि स्टोक्सले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले फाइनल खेलमा ८४ रनको महत्वपूर्ण इनिङ खेलेका थिए ।

सन् २०१९ को एकदिवसीय विश्वकपमा इङ्ल्यान्डलाई पहिलो उपाधि जिताउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए । उनले ११ खेलमा ५ अर्धशतक सहित ४६५ रन बनाए । यति मात्र होइन, उनले ७ विकेट पनि लिए । स्टोक्सले फाइनल खेलमा ८४ रनको उपयोगी इनिङ खेले । उनी खेलको प्लेयर अफ द म्याच भए ।