२३ असार २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री खनालको टिप्पणी : निजी र सार्वजनिक जीवन नमिलाउँदा भ्रष्टाचार र कुशासन सुरु हुन्छ मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

यी चार पुरुषको प्रेमसम्बन्ध कहिल्यै टुट्दैन



अ+ अ-

काठमाडौं । बे्रकअपको सिलसिला आजकल धेरै सामान्य भइसकेको छ । तपाईकै साथी सर्कलमा धेरै त्यस्ता व्यक्ति होलान्, जसको एक वा एकभन्दा बढीसँग ब्रेकअप भएको होस् ।

गर्लफ्रेन्ड–ब्वाईफ्रेण्डको ब्रेकअप हुनु त सामान्य नै हो । किनकी यसमा कुनै बाचा–बन्धन या समर्पण हुँदैन् । तर विवाहजस्तो मजबूत सम्बन्ध पनि छिनभरमै टुट्न लागेका छन् । सात जन्मको कसम खाए पछि पनि मासिनहरु सात महिला या सात वर्ष पनि साथ निभाउन मुश्किल मानिरहेका छन् । 

तर यस्तो किन ? एक पुरानो भनाइ छ, ‘मानिस प्रेममा अन्धो हुन्छ ।’ प्रेमका कारण मानिस सही र गलतजस्ता कुरालाई सम्झिन सक्दैन् र प्रेमलाई विवाहमा परिणत गर्न खोज्छ । तर विवाहका लागि आवश्यक आधार भने बनाउ सक्दैन । 

आचार्य चाणक्यले यस्ता केही कुराहरु बताएका थिए, जसले सम्बन्ध टुट्नबाट बचाउँछ । चाणक्यले पुरुषलाई ४ प्रकारमा व्याख्या गर्दै उनीहरु प्रेममा सधैं सफल हुने बताएका थिए । 

स्त्रीलाई सम्मान गर्ने पुरुष : यस्ता पुरुष जो सधैं स्त्रीलाई सम्मानको नजरबाट देख्छन् । प्रेमिका होउन् या पत्नी, यदि उनलाई सम्मान दिन्छन्, उनको महत्वलाई सम्झिछन् भने त्यस्ता पुरुषको सम्बन्ध कहिल्यै टुट्दैन । 

पराई स्त्रीलाई स्पर्श नगर्ने : यो गुण सबैभन्दा सर्वोपरी हो, जो पुरुष आफ्नी प्रेमिका या पत्नीको अलावा कुनै पनि अन्य स्त्रीलाई वासनाको नजरले हेर्दैनन्, कुनै पनि पराई स्त्रीप्रति आकर्षित हुँदैनन् , उनी आफ्नो सम्बन्धलाई जोगाउन हरेक अवस्थामा तयार हुन्छन् । र सक्षम पनि हुन्छन् । 

सुरक्षाको महशुष : जो पति या प्रेमी आफ्नो साथीलाई सुरक्षाको महशुष गराउँछन् उनीहरु प्रेमको मामलामा कहिल्यै हार्दैनन् । यस्तो पनि भनिन्छ कि, हरेक स्त्री आफ्नो पतिमा आफ्नो पिताको छायाँ देख्छिन् । यदि तपाई उनीसँग सुरक्षात्मक व्यवहार गर्नुहुन्छ भने उनी निश्चिन्त भएर तपाईको साथमा रहनेछिन् । 

शारीरिक सुख : वैवाहिक सम्बन्धमा शारीरिक सुख र सन्तुष्टिको आवश्यकता पर्छ । यसरकार जो पुरुषले भौतिक र भावनात्मक सुखसँगै आफ्नो जीवनसाथीलाई शारीरिक सुख र सन्तुष्टि प्रदान गर्छन्, उनकी पत्नी तथा प्रेमिका सधैं पसन्न रहन्छिन् । जसले सम्बन्ध प्रगाढ रहन्छ ।