१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंकाका स्टार स्पिनर हसरंगाले लिए टेस्टबाट सन्न्यास



अ+ अ-

एजेन्सी । श्रीलंकाका स्टार स्पिनर वानिन्दु हसरंगाले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । २६ वर्षका हसरंगाले सिमित ओभरको क्रिकेटलाई प्राथमिकतामा राख्दै टेस्टबाट सन्न्यास लिने निर्णय गरेका श्रीलंका क्रिकेट बोर्डले जनाएको छ ।

लेगस्पिनर तथा अलराउन्डर हसरंगाले श्रीलंकाका लागि चार टेस्ट, ४८ एकदिवसीय र ५८ टी–२० खेल खेलेका छन् ।

श्रीलंकाका प्रमुख बलर समेत रहेका हसरंगाले २०२० मा दक्षिण अफ्रिकाविरुद्ध टेस्टमा डेब्यू गरेका थिए भने २०२१ अप्रिलमा बंगलादेशविरुद्ध अन्तिम टेस्ट खेलेका थिए । उनले ४ टेस्ट म्याचमा १ सय ९६ रन बनाएका छन् भने ४ विकेट लिएका छन् ।

हसरंगाले ४८ ओडिआई खेलमा ४ अर्धशतकसहित कुल ८ सय ३२ रन बनाएका छन् भने ६७ विकेट लिएका छन् । त्यस्तै, ५८ टि–२०आई खेलमा ५ सय ३३ रन बनाउनुको साथै ९१ विकेट लिएका छन् ।