२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रचण्ड–माधवलाई लक्षित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको ओलीको टिप्पणी



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै दक्षिणपन्थी स्वार्थको झोले भएको टिप्पणी गर्नुभएको छ ।

बागमती प्रदेश कमिटीलाई प्रशिक्षण दिँदै उहाँले नेता नेपालले एमालेमै हुँदा पनि वामपन्थी दुई तिहाइको सरकार ढाल्नको लागि दक्षिणपन्थी सरकार बनाउनको लागि भोट हालेको बताए ।

“हामीलाई पनि झोले भन्छन् । तर, खास वामपन्थी देखिएर दक्षिणपन्थीको झोला बोकेर कुदेका छन् । त्यसलाई भन्छन् झोले ।”, उहाँले भन्नुभयो, “नामका वामपन्थी, साइनबोर्ड वामपन्थी, स्वार्थहरुको झोला बोकेका छन् दक्षिणपन्थीको झोले भनेको दक्षिणपन्थी स्वार्थका झोला बोक्नेहरु हुन् । शब्द नराम्रो लागेपनि मिलाएर बुझ्नुहोला ।”