१६ श्रावण २०८३, शनिबार
,
Latest
रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

युट्युबर एल्विश यादवले जिते बिग बोस ओटीटी दोस्रो सिजनको उपाधि



अ+ अ-

काठमाडौँ । झण्डै दुई महिनापछि ईन्डियन रियालिटी शो बिग बोस ओटीटी सिजन दुइले विजेता पाएको छ ।

वाइल्ड कार्ड एन्ट्रीमा ओटीटी छिरेका युट्युबर एल्विश यादवले बिग बोस ओटीटीको दोस्रो सिजनका उपाधि जिते । यादवले सिजनको ट्रफी र २५ लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् ।

शोमा अभिषेक मल्हान, एल्विश यादव, मनिषा रानी, ​​बेबिका धुर्वे र पूजा भट्ट उत्कृष्ट ५ फाइनलिस्टमा पुगेका थिए । उपाधिको रेसबाट सबैभन्दा पहिला पूजा भट्ट बाहिरिएकी थिईन् । विजेताको दौडबाट बेबिका पनि बाहिरिएपछि शीर्ष तीनको प्रतिस्पर्धामा एल्विश, अभिषेक र मनिषा रानी रहे ।

मनिषा रानी शीर्ष दुईमा पर्न सकिनन् र अन्तिम दुईमा एल्विश र अभिषेक रहे । अन्तिममा शोका होस्ट सलमान खानले एल्विशलाई बिजेता घोषित गरे ।

एल्विश र अभिषेक दुवै चर्चित युट्युबर हुन् र सोसल मिडियामा यी दुईका प्रशंसक लाखौँको सङ्ख्यामा रहेका छन् ।

 

 

 




भर्खरै