६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो

संसद अवरोध गर्नु जायज छैन: प्रदीप यादव

संसद अवरोध गर्नु जायज छैन: प्रदीप यादव
file photo
अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताउनुभएको हो । उहाँले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमालेले नाटक रचेको बताउनु भयो । उहाँले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताउनु भयो । उहाँले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको भएको बताउनु भयो । उहाँले प्रहरीमाथि विश्वास गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संसद अवरोध प्रमुख प्रतिपक्षले गरेको छ । संसदलाई खेलवाडका रुपमा प्रमुख प्रतिपक्षले हेरेको छ । संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताको न्यायको मन्दिर हो । समसामयिक मुद्दामा यहीँबाट बहशको थालनी हुन्छ । देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ । यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज कुरा होइन । प्रमुख प्रतिपक्षले नाटक रचेको छ । छानबिन टोली बनाएर के गर्ने ? खालि त्यो प्रतिवेदन थन्क्याएर राख्ने । अरु के हुन्छ नेपालमा ? छानबिन टोली बन्छ । प्रतिवेदन थन्क्याएर राखिन्छ । अरु कुनै काम हुन्छ र ? अपराधिक घटनाको छानबिन गर्ने काम नेपाल प्रहरीको हो । गर्दैछ । प्रहरीमाथि विश्वास गरौँ ।’

सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताउनु भयो । उहाँले तत्कालिन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको बताउनु भयो । उहाँले सो घटनाको छानबिन दुईवटा उच्चस्तरीय समितिले गरेको भन्दै छानबिन समितिले सरकारलाई दिएको प्रतिवेदन सार्वजनिक गर्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो ।