२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुटानी शरणार्थी प्रकरण: गिरोहको विरुद्ध थप १८ जना पीडितहरुको जाहेरी



अ+ अ-

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने गिरोह बिरुद्ध १८ जना पीडितहरुबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दर्ता गराएका छन् ।

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाण्डौंमा सानु भण्डारी, केशव दुलाल समेतको संयुक्त मिलेमतोमा बिभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनि बिभिन्न किसिमका प्रलोभन र बिश्वासमा पारी लमजुङ, सुनसरी, सिन्धुपाल्चोक, गोरखा, ललितपुर, चितवन, काठमाण्डौ लगायतका जिल्लाहरुका १८ जना पीडितहरुबाट करिव १ करोड ८५ लाख ९२ हजार भन्दा बढी ठगी गरेको भनि ३ वटा छुट्टा छुट्टै किटानी जाहेरी दरखास्त परेको छ ।

प्रहरीका अनुसार सक्कल जाहेरी दरखास्त लगायतका कागजातहरु आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौ पठाईएको छ ।