१५ फाल्गुन २०८१, बिहीबार
February 27, 2025 Thursday
Latest
युएईबाट ‘बोटिम’ मार्फत पठाएको पैसा आइएमई पेमा प्राप्त गर्दा रु ५०० सम्म बोनस गुराँसले जोगाउँदै फुङ्लिङको पर्यटन व्यवसाय युद्धविरामको अर्को चरणका लागि वार्ता सुरु गर्न हमासको इजरायलसँग आग्रह प्रधानमन्त्री ओलीले बोलाए उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रेम सम्बन्धकै कारण युवकको हत्या नेक्स्ट-जेन मोबिलिटी सोलुसन प्रदर्शनका साथ नेपालमा बीवाईडी हाई–टेक विकको शुभारम्भ महेन्द्र मोरङ क्याम्पसमा झडपः स्ववियू सभापतिले कुटे नेवि संघ जिल्ला सभापति राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीले संगठन विस्तार अभियान सञ्चालन गर्ने संस्कृतिसँग जोडिएका पोखरी मकवानपुरबाट १२७ किलो गाँजाको धुलो र ६ किलो अफिमसहित एक जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्यून अङ्कले घट्यो नेप्से परिसूचक



अ+ अ-

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा न्यून अङ्कको गिरावट देखिएको छ । आजको कारोबारमा नेप्से परिसूचक तीन दशमलव ६१ अङ्कले घटेर दुई हजार ७७ दशमलव २४ अङ्क कायम भएको छ ।

आज विभिन्न कम्पनीका ५४ लाख १७ हजार ९२८ कित्ता शेयर रु दुई अर्ब नौ करोड १३ लाख ९० हजार ६३८ मा कारोबार भएका छन् । यो दिनको कारोबारमा बैंक, विकास बैंक, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ, माइक्रोफाइनान्स र म्यूचुअल फण्डको उपसमूहमा हरियाली देखिएको छ भने फाइनान्स, होटल तथा टुरिजम, हाइड्रोपावर, इन्भेष्टमेन्ट, लाइफ इन्स्योरेन्स, नन् लाइफ इन्स्योरेन्स, ट्रेडिङ अन्य उपसमूहमा भने रातो देखिएको छ । आज ६८ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १४५ वटा कम्पनीको शेयर मूल्य घटेको छ । साथै ११ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।

आज थ्री स्टार हाइड्रोपावर लिमिटेड कम्पनीको शेयर मूल्य नौ दशमलव ९८ प्रतिशतले बढेको छ भने अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडको नौ दशमलव ९७ प्रतिशत, सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सात दशमलव ४४ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको पाँच दशमलव ९० प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयर मूल्य पाँच दशमलव ११ प्रतिशतले बढेको छ ।

साथै सबैभन्दा धेरै शेयर मूल्य घट्ने कम्पनीमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड छ । कम्पनीको शेयर मूल्य छ दशमलव ४६ प्रतिशतले घटेको छ । साथै बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको चार दशमलव ८० प्रतिशत, हिमालयन उर्जा विकास कम्पनी लिमिटेडको चार दशमलव २९ प्रतिशत, शुभम् पावर लिमिटेडको तीन दशमलव ७२ प्रतिशत र सानिमा ग्रोथ फण्डको शेयर मूल्य तीन दशमलव ६९ प्रतिशतले घटेको छ ।

आजको कारोबारपछि बजारपुँजीकरण रु ३१ खर्ब १० अर्ब ५९ करोड ५३ लाख ४१ हजार ३४ दशमलव आठ पैसा पुगेको छ । रासस