२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि आजपनि प्रतिनिधि सभाको बैठक स्थगित



file photo
अ+ अ-

काठमाडौं । एमालेको अवरोधपछि आजपनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सोमबार बसेको बैठकमा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आसनबाट उठेका थिए । एमाले सांसदहरु उठेपछि सभामुखले कांग्रेस सांसद सुनीलकुमार शर्मालाई संक्षिप्तमा बोल्न समय दिए र अरु सांसदलाई बस्न अनुरोध गरे । तर एमाले सांसदहरु सभामुखको आग्रहलाई बेवास्ता गर्दै उठिरहे ।

एमाले सांसदलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले नाराबाजि गरिरहेपछि सभामुखले बैठक भाद्र ३ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका हुन् ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आईरहेको छ ।