५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको अवरोधपछि आजपनि प्रतिनिधि सभाको बैठक स्थगित



file photo
अ+ अ-

काठमाडौं । एमालेको अवरोधपछि आजपनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

सोमबार बसेको बैठकमा एमालेले सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका हुन् ।

बैठक सुरु हुनेवित्तिकै एमाले सांसदहरु आसनबाट उठेका थिए । एमाले सांसदहरु उठेपछि सभामुखले कांग्रेस सांसद सुनीलकुमार शर्मालाई संक्षिप्तमा बोल्न समय दिए र अरु सांसदलाई बस्न अनुरोध गरे । तर एमाले सांसदहरु सभामुखको आग्रहलाई बेवास्ता गर्दै उठिरहे ।

एमाले सांसदलाई पटक पटक बस्न आग्रह गर्दा पनि उनीहरुले नाराबाजि गरिरहेपछि सभामुखले बैठक भाद्र ३ गते बस्नेगरी स्थगित गरेको घोषणा गरेका हुन् ।

सुन प्रकरणमा उच्च स्तरिय छानबिन समिति गठन गर्न माग गर्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आईरहेको छ ।