५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिराको जोखिममा धादिङको रिगाउँ, विद्यालय बन्द



अ+ अ-

मलेखु । धादिङको उत्तरी क्षेत्रमा पर्ने गङ्गाजमुना गाउँपालिका–१स्थित रिगाउँ पहिराको जोखिममा परेको छ । गाउँ माथिबाट पहिरो झर्ने खतरा बढेपछि स्थानीयवासी त्रस्त भएका छन् ।

बस्तीमाथि रहेका बारीका गरा भासिन थालेका र जमिन चिरा परेर बग्न थालेको स्थानीय एक विद्यालयका प्रधानाध्यापक रामचन्द्र सिटौलाले जानकारी दिनुभयो । भासिन थालेको स्थानभन्दा तलका घर खाली गर्न थालिएको छ । हालसम्म भासिन थालेको स्थानको सिधा मुनि रहेका करिब १५ घर खाली गराइसकिएको छ ।

वृद्धवृद्धा र बालबच्चालाई सुरक्षित स्थानतर्फ सारिनाका साथै अन्नपात, लत्ताकपडा र महत्वपूर्ण सामान घरबाट निकालेर सुरक्षित स्थानतर्फ लान थालिएको छ । अहिले त्यहाँका बासिन्दाले घरायसी सरसामान र बस्तुभाउलाई सुरक्षित स्थानतर्फ सारिरहेको रिगाउँ माविका प्रधानाध्यापक सिटौलाले जानकारी दिनुभयो ।

केहीले विद्यालयकै सुरक्षित भवनमा सरसामान थन्याएका छन् भने केहीले जोखिम नभएका छिमेकी र आफन्तको घरमा राखेका छन् । गाउँभन्दा माथिका जमिन भासिन थालेको छ । त्यही भासिन थालेको ठाउँभन्दा मुनि बस्ती छ । करिब ५० घरजति पुरिने अवस्थामा पुगेको छ । आसपासका करिब ६० घर पनि जोखिममा रहेको गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले बताउनुभयो ।

कुनै पनि बेला पहिरो झर्नसक्ने जोखिम उच्च भएपछि उक्त विद्यालयको पठनपाठन बन्द गरिएको छ । स्कुलको दुई वटा भवनमध्ये २० कोठे नयाँ भवन पनि जोखिममा परेको छ । कादुरी भन्ने संस्थाले दुई वर्षअघि निर्माण गरिदिएको खानेपानीको ट्याङकी पनि बगाउन सक्ने सम्भाबना बढेको छ ।

हिजोदेखि लगातार पानी परिरहेको र बिहान स्थानीयवासी घाँस काट्न जाने क्रममा जमिन भासिएको देखेर गाउँमा खबर गरेका थिए । सरोकारवाला सबैले गएर गएर हेर्दा थप जोखिम हुने सक्ने भएकाले बस्ती खाली गराइएको हो । जिल्ला सदरमुकाम धादिङबेसीबाट करिब ५४ किलोमिटर दूरीमा रहेको उक्त गाउँमा प्राय तामाङ समुदायको बसोबास छ । बर्खा लागेपछि यहाँ सवारीसाधन चल्दैन । रासस