४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट

झोलुङ्गे पुलको जिल्लामा पनि ‘फड्के’को बाध्यता

झोलुङ्गे पुलको जिल्लामा पनि ‘फड्के’को बाध्यता
अ+ अ-

बागलुङ । झोलुङ्गे पुलको जिल्लाले परिचित बागलुङमा अहिले पनि नागरिकहरु जोखिम मोलेर काठको फड्के तर्न बाध्य छन् । हिउँदको समयमा खोला तथा खहरेखोलामा पानीको बहाव कम हुँदा सहजै वारपार गरे पनि बर्खामा खोला भने जोखिम मोलेरै खोला तर्न बाध्य हुन्छन् ।

बागलुङको सुगमदेखि दुर्गमसम्मका विभिन्न बस्तीका नागरिक अहिले पनि पुल नहुँदा घण्टौँ लगाएर लामो यात्रा गरिरहेका छन् । कतिपय ठाउँमा स्थानीयवासीले जनश्रमदान गरी काठको फड्के बनाएर वारपार गर्ने गरेका छन् । फड्केमा वारपार गर्न निकै जोखिम हुन्छ ।

वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि गलकोट नगरपालिका–२ मा स्थानीय खानीखोलामा पड्के बनाएका वारपार गरिरहेका छन् । वर्षौँदेखि यहाँ पुल निर्माणका लागि सरोकारवाला निकायलाई माग गरे पनि अहिलेसम्म चासो नदिएको स्थानीयवासी घनबहादुर रानाले गुनासो गर्नुभयो । खानीखोला हिउँदमा निकै सानो हुने हुँदा बालबालिका पनि तर्नसक्ने भन्दै बर्खामा कोही वारपार गर्न नसक्ने उहाँको भनाइ छ ।

खोला बढेपछि आफूहरुले जङ्गलबाट काठ ल्याएर फड्के बनाएर अहिले वारपार गरिरहेको रानाले बताउनुभयो । “यो खोलामा पुल बनाउनका लागि धेरै पटक माग गरियो, अहिलेसम्म पुल बनेको छैन”, उहाँले भन्नुभयो, “बर्खामा धेरै गाह्रो हुने, केटाकेटीलाई एक्लै विद्यालय पठाउन डर, हामी पाका मान्छेलाई त फड्के तर्दा कतै खोलामा खसिन्छ कि भन्ने डर हुन्छ ।”

गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले गलेकाट क्षेत्रमा धेरै खोलानाला भएको हुँदा एकै पटक सबैतिर झोलुङ्गे पुल निर्माण गर्न नसकेको बताउनुभयो । वडा नं २ को खानीखोला खोलामा पुल निर्माणका लागि योजना छनोट गर्ने बेला प्राथमिकतामा राखेर प्रदेशमा बजेट मागे गरेको भन्दै केही समयमै यहाँ पुल निर्माण गर्ने भण्डारीको भनाइ छ । खानीखोलामा बर्खामा मध्यपहाडी लोकमार्गको भल सबै यही मिसिने हुँदा पानीको सतह बढेर वारपार गर्न कठिनाइ हुने गरेको उहाँ बताउनुहुन्छ ।

“गलकोट क्षेत्रमा धेरै ठाउँमा पक्की तथा झोलुङ्गे पुल निर्माण भएका छन्, पालिकाले सबैतिर एकै पटक पुल बनाउने क्षमता हुँदैन । सीमित स्रोतसाधान प्रयोग गरेर काम गर्नुपर्ने बाध्यता छ, तर प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर आवश्यक स्थानमा पुल निर्माण गर्छौँ, त्यो राम्रो प्राथमिकतामा छ”, उहाँले भन्नुभयो ।

निसीखोला, तमानखोला, भूजीखोला, काठेखोला, ताराखोला, बडिगाडलगायत बागलुङमा ठूलाठूला खोला छन् । यी खोलाका धेरै ठाउँमा झोलुङ्गे पुल निर्माण भइसकेको छन् । अझै धेरै निर्माण हुनुपर्ने आवश्यक देखिन्छ । ओल्लो गाउँ र पल्लो गाउँ देख्दा नजिक देखिन्छन् तर बीचमा रहेका खोलाको कारण वारपार गर्न घण्टौँ लाग्ने गर्दछ ।

निसीखोला गाउँपालिका–४ झिम्पा र वडा नं ५ कारीगाउँ नजिकै पर्छन् । तर बीचमा पुल नहुँदा वारिपारी गर्न आधा ४५ बढी समय लाग्ने स्थानीय कमल विकले बताउनुभयो । कारीखोलामाथि पुल निर्माण भए तीन मिनेटमै वरपार गर्न सकिने बताउनुहुन्छ । अहिले खोलामा बनाइएको साँघु तरेर वारपार गरिरहेको उहाँको भनाइ छ ।

“दुई गाउँ एकैपट्टी छन्, बीचमा खोला हुँदा आउँजाउ गर्न एक घण्टा बढी लाग्छ, स्थानीयको जग्गाजमिन वारपार छन्, फसल ल्याउँदा सास्ती हुन्छ, यहाँ पुल भएको हुन्थ्यो भने हामीलाई धेरै सजिलो हुन्थ्यो”, उहाँले भन्नुभयो । कारिखोलामाथि झोलुङ्गे पुल निर्माणका लागि आर्थिक वर्ष २०७९र८० मा सर्भे भएर काम सुरु भए पनि बजेट कटौटी हुँदा पुल बन्न सकेको छैन । चालु आर्थिक वर्षमा पुल निर्माण सम्पन्न गर्ने निसीखोला गाउँपालिकाले जनाएको छ । रासस