४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना News Polar क्षेत्रगत विज्ञको राष्ट्रिय रोस्टर तयार गर्दै महिला मन्त्रालय News Polar ‘आज कसैको हात छुटाउनु अघि सोचौँ, भोलि त्यही हातको आवश्यकता पर्न सक्छ’ News Polar ईडीएलभिआरएसबाट लाइसेन्स छपाइ सुरु, पहिलो चरणमा ३ हजार ८१ वटा छापियो News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ

विदेशको सीप स्वदेशका लगाउँदा…

विदेशको सीप स्वदेशका लगाउँदा…
फाईल फोटो
अ+ अ-

बागलुङ । रोजगारीका लागि ‘इपिएस भीषा’मा कोरिया जानुभएका गमबहादुर कुँवरले त्यहाँमा बाख्रापालन गरेको देखेर आफ्नो गाउँठाउँ सम्झनुभयो । उहाँले मनमनै व्यवसाय सञ्चालन गर्ने सोच बनाउनुभयो ।

पाँच वर्ष कोरियामा काम गरेर फर्किएपछि उहाँले आफ्नै गाउँमा बाख्रापालन व्यवसाय थाल्नुभयो । बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीको ज्यामिरे गाउँका कुँवरले नमूना बाख्रा फार्र्म सञ्चालन गरेर मनग्य आम्दानी मात्रै गर्नुभएको छैन अध्ययन अवलोकनका लागि विभिन्न मानिससमेत भित्र्याइरहनुभएको छ ।

“ज्यमिरे गाउँमा ८० घर छन् तर ४० घरमा मानिस बस्दैनन् धेरैले गाउँ छोडेर खेतबारी बाँझै छोडेर गए, मलाई त्यही बाँझो बारीले बाख्रापालन गर्न सघाएको छ”, उहाँले भन्नुभयो, “चार सय रोपनी जग्गा आफ्नै छ, गाउँलेको खेतबारी र वनको एक हजार दुई सय रोपनी जग्गाको घाँस काट्छु, घाँसमा आधारित भएर बाख्रापालन गर्दा आधा नाफा हुँदो रहेछ, गत वर्ष रु ९० लाखको बोका, बाख्रा र पाठापाठी बिक्री गरे, रु ४५ लाख नाफै भयो, बसाइँसराईले उजाडिएको ज्यामिरे गाउँ हरियाली भएको छ, चार/पाँच घर त मैले फार्र्मकै लागि प्रयोग गर्दै आएको छु ।”

विसं २०७४ मा १० बाख्राबाट उहाँले सुरु गरेको बाख्रापालन अहिले पहाडी जिल्लामै नमूना बाख्रा फार्र्मको रुपमा लिइएको छ । उहाँको साहारा बाख्रा फार्र्ममा अहिले चार सय बोका, बाख्रा र पाठापाठी रहेका छन् । आठ ब्लकमा छुट्टाछुट्टै आधुनिक बाख्राको खोर रहेको जनाउँदै व्यवसायी कुँवरले अहिले एक सय ६० माउ मात्रै ब्याउने रहेको जानकारी दिनुभयो ।

दुई आधुनिक खोरमा ब्याउने बाख्रा, केही खोरमा पाठापाठीसहितका बाख्रा, तीन खोरमा पाठापाठी र तीन खोरमा बिक्रीका लागि तयारी बोका राखिएका छन् । अहिले ५० बोका बिक्रीका लागि तयारी हुन लागेको उहाँको भनाइ छ ।

कुँवरकै नेतृत्वमा गलकोट नगरपालिकाका ११ वडा समेटिएको बाख्रा पकेट क्षेत्रसमेत घोषणा गरिएको छ । गत वर्षनै ३१ बाख्रा फार्र्मका लागि खोर सुधार योजनाअन्तर्गत रु एक/एक लाखका दरले अनुदान प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत वितरण गरिएको छ ।

यस वर्ष भने बोका बिक्री थोरै हुने जनाउँदै उहाँले ६० बाख्राको एकैसाथ गर्भ तुइएकाले समस्या भएको सुनाउनुभयो । “यस वर्ष जम्मा रु सात लाखको बोका बाख्रा बिक्री गरेँ, यस वर्ष समग्रमा रु ४० लाखको कारोबार गर्न मुस्किल छ, किसानलाई यस्तो समयमा फार्र्म धान्नै समस्या हुन्छ, ६० बाख्राको गर्भ नतुइएको भए अहिले पाँच सय बढी बाख्रा–पाठा हुन्थे”, उहाँले भन्नुभयो, “अहिले निकै अनुभव भइसक्यो, हटियाको मासु पसल बन्द गरेर अहिले घरमै मासु पसल सञ्चालनमा ल्याएको छु, १० केजीभन्दा माथि खसी तथा बोकाको मासु अर्डर भएमा घरमै पुर्‍याइदिन्छु, दाना खरिद गर्न, बोकाको बजारीकरण गर्न र घाँस बोक्नको लागि आफ्नै पिकअप जीपसँगै १० जनालाई प्रत्यक्ष रोजगारी दिएको छु ।”

उहाँले बाख्रापालन व्यवसायसँगै कामदार परिचालन गरेर एक हजार कागतीका बिरुवा, दुई सय ६१ ओखर र ४० सुन्तलाका बिरुवा यस वर्ष नै रोपेको बताउनुभयो । कुँवरले ४० रोपनी जग्गामा मात्रै खुर्सानी खेती गर्दै आएको सुनाउनुभयो । दश जना कामदारले घाँस काट्नेदेखि मासुको बजारीकरण गर्दै आएको र बचत भएको समयमा कागती, सुन्तला बगैँचा र खुर्सानी खेतीको काम गर्दै आएका छन् ।

व्यवसायी कुँवरले रु १५ देखि २० हजारका दरले मासिक तलब दिएर स्थानीय १० युवालाई बाख्रा फार्र्ममा प्रत्यक्ष रोजगारी दिँदै आउनुभएको छ । उहाँले यो फार्र्म विस्तार भएर अहिलेको अवस्थामा आउनुमा नेपाल सरकारको ब्याजमा अनुदानसहितको ऋणको ठूलो भूमिका रहेको बताउनुभयो । “रु एक करोड जम्मा तीन प्रतिशत ब्याजमा ऋण लिएको थिए, अहिले मासिक रु एक लाख ५३ हजार किस्ता तिर्छु”, उहाँले भन्नुभयो, “फार्र्म विस्तारको आधार यही ब्याज अनुदानको ऋण बन्यो, अहिले ऋणसमेत आधा घटाइसकेको छु ।”

कुँवरका भाइ विष्णु समेत कोरियाबाट फर्केर बाख्रापालनमा सघाए पनि अहिले लोकसेवा तयारीको लागि काठमाडौँमा हुनुहुन्छ । कुँवरले आफ्नो फार्र्मलाई ‘फार्मस्टे’को रुपमा विस्तार गर्ने लक्ष्य लिनुभएको छ । पर्यटकलाई आफ्नै फार्र्मको तयारी खसी तथा बोकाको मासु खुवाइँदै त्यही बास बसाउने गरी फार्मस्टे बनाउने तयारीमा आफू रहेको बताउनुभयो । बसाइँसराइले उजाडिएको गाउँमा कुँवरले भने पर्यटक ल्याएर गुल्जार बनाउने लक्ष्य लिनुभएको छ ।

कुनै रोगव्याधी नभए आफ्नो फार्र्मबाट वार्षिक रु एक करोडको कारोबार हुने कुँवरको लक्ष्यअनुसार फार्र्म सञ्चालित भइरहेको छ । उक्त बाख्रा फार्र्म पहाडी जिल्लाको ठूलो र नमूना बाख्रा फार्र्ममध्येमा पर्ने भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिनुभयो ।

बोयर तथा खरी प्रजातिको क्रस गरिएका बोकाको मासु राम्रो भएकाले उक्त प्रजातिका बोकाको मासुको माग उच्च हुने र अहिलेसम्म बजारको कुनै चिन्ता नरहेको बताउनुभयो । फार्र्ममा हालसम्म रु पाँच करोड लगानी भइसकेको छ । फार्र्मको खोर मात्रै छ रोपनी जग्गामा फैलिएको छ । पाँच सयभन्दा बढी बाख्रा पाल्न खोर तथा घाँसको समस्या नहुँने गरी फार्र्मको संरचना र घाँसको व्यवस्थापन भएको व्यवसायी कुँवरको भनाइ छ । रासस