२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस संसदीय दलमा सरकार परिवर्तनका विषयमा छलफल भएन



अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले जारी पार्टी संसदीय दलको बैठकमा सरकार परिवर्तनका विषयमा छलफल नभएको बताएको छ ।

नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टी संसदीय दलको जारी बैठकमा सरकार परिवर्तन गर्ने विषयमा छलफल नभएको बताउनुभएको हो । आईतवार दलको बैठकपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, फेर्ने विषयमा कुनै कुरा नभएको दाबी गर्नुभयो ।

काँग्रेस संसदीय दलको बैठक भोली पुनः ११ बजे बस्ने र बैठकमा सांसदहरुले राख्नुभएको सुझावहरुलाई समेटेर महत्वपूर्ण प्रश्तावहरु पारित गर्ने पनि बताउनु भयो । गत शुक्रवार र आज बसेको काँग्रेस संसदीय दलको बैठकमा ५० जना सांसदहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘नेपाली काँग्रेस संसदीय दलको बैठक निरन्तर चलिराखेको छ । अस्ती र आज गरेर जम्मा ५० जना साथीहरुले बोल्नुभएको छ । अनि, आज पनि बोल्ने क्रम निरन्तर भएको हुनाले भोलि ११ बजे फेरि यसै ठाउँमा हामी बैठक बस्छौं । र, साथीभाईहरुबाट जे पनि भावनाहरु, विचारहरु अभिव्यक्त भएका छन ।

ती सबैलाई समेटेर हामी भोली संसदीय दलको बैठकबाट केही महत्वपूर्ण प्रस्तावहरु पारित गर्छौं । र, हाम्रो बैठक भोलि समापन हुन्छ । बैठकमा धेरै विषयमा कुरा उठेको छ । अनि ती सबै विषयहरुलाई हामीले समेटेर भोलि महत्वपूर्ण प्रश्ताव पारित गर्छौं । अस्ती र आज गरेर ५० जना माननीय सदस्यहरुले बोल्नुभएको छ । यहाँ सरकार बदल्ने, सरकार ढाल्ने, अर्को बनाउने, सरकार फेर्ने कुरा भएको छैन ।’

बैठकमा सांसदहरुले विभिन्न भावनाहरु, विचारहरु व्यक्त गर्नुभएको र त्यसलाई समेटेर भोलि नै महत्वपूर्ण प्रश्ताव पारित गर्ने काँग्रेस संसदीय दलले जनाएको छ । प्रमुख सचेतक लेखकका अनुसार काँग्रेस संसदीय दलको बैठक भोली (सोमवार) सम्पन्न हुनेछ ।