४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती

हवाई टापुको डढेलोमा ९३ जनाले ज्यान गुमाए, परिवारलाई शव बुझाउन चुनौती

हवाई टापुको डढेलोमा ९३ जनाले ज्यान गुमाए, परिवारलाई शव बुझाउन चुनौती
अ+ अ-

लहाइना । हवाई टापुको माउई जङ्गलमा लागेको डढेलो बस्तीसम्म फैलिँदा ९३ जनाको मृत्यु भएको छभने केयौँ घाइते भएका छन् ।

बितेका एक सय वर्षमा यति भीषण एवं भयावह अवस्था अमेरिकी जनताले गर्नुपरेको थिएन । विपत्तिको चेतावनी दिने ‘इमर्जेन्सी साइरन’ नबज्दा जनधनको व्यापक क्षति भएको जनसाधारण क्रुद्ध भएका छन् । घरै नजिक डढेलो सल्किँदा पनि जानकारी नपाएकामा भिलिम रेड खिन्न छिन् ।

हातमुख जोर्न दयालु र अपरिचतको कृपा पाउनुपर्ने बाध्यात्मक अवस्थामा आफू पुगेको उल्लेख गर्दै उनले छेवैमा रहेको सानो कार देखाउँदै अबको यो नयाँ घरमा आफ्नी छोरी, नाति र दुई वटा बिरालासहित आफूलाई अभ्यस्त बनाउनुपर्ने सुनाइन् ।

बाह्र हजार हवाईबासीको लहाइनामा आगोले सखाप नपारेको कुनै स्थान छैन । नगरको मध्यभागमा रहेको एक सय ५० वर्ष पुरानो वरको रुख डढेर कालो भएको छ भने सडक किनारमा लगाइएका अग्ला रुखका फल पनि डढेका छन् ।

डढेलोले हवाईका ग्रामीण क्षेत्रमा व्यापक क्षति भएको छभने भवनहरू ध्वस्त भएका छन्, अस्पतालहरू भत्किएका छन् र सयौँ विस्थापित भएका छन् । अधिकारीहरूले दुई हजार दुई सयभन्दा बढी भौतिक संरचना नष्ट भएका तथा पाँच अर्ब ५० करोडभन्दा अधिकको धनमाल नोक्सानी भएको बताउका छन् ।

घर, पसल र व्यवसायको नामोनिशान छैन, सडक किनारमा राखिएका मोटरकार फलामका पातामा परिणत भएका छन्, टेलिफोनका खम्बा डढेर काला भएका छन्, पैदलयात्री मार्गको खरानी पन्साउँदै हिँड्नुपर्ने अवस्था छ, सबैतिर अग्निको विनाश नै विनाशमात्र देखिन्छ । डढेका पशुको दुर्गन्धले नाक छाप्दै सफाइ गर्नुपरेको छ ।

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ । सम्बन्धित निकायका अधिकारीले स्थिति साम्य हुने वित्तिकै क्षतिको मूल्याङ्कन गरिने बताएका छन् । आगालागी भएको स्थानको सरसफाइमा वारुणयन्त्रका कर्मचारीले पनि साथ दिइरहेका छन् । केही स्थानमा क्षतिको आकलन थालिएको छ । हवाईका गभर्नर जोस ग्रिन नेतृत्वको टोली आगलागी भएको स्थानमा पुगेको छ । सरसफाइका लागि जुटेकाहरूले तालिमप्राप्त कुकुरको सहायताले भग्नावशेषमा शवको पनि खोजी गरिरहेका छन् ।

प्रचण्ड गर्मीमा ठूलो विपत्ति बनेर आउने वन डढेलो टापुराज्य हवाईका निम्ति अभिषाप बनेको छ । दशकौँमा हुने यो प्राकृतिक विपत्तिमा सुनामीमा भन्दा धेरैले ज्यान गुमाएका छन् । सन् १९६० को सुनामीमा ६१ जनाको मृत्यु भएको थियो भने त्यसको १४ वर्षअघिको सुनामीमा भने एक सय ६० जनाले ज्यान गुमाएका थिए । त्यसपछि आपत्कालको सूचना दिन शहरबजारमा साइरन जडान गर्न थालियो तर यसपटक वनबाट फैलिएको आगोले  माउईलाई जलाउँदा ती साइरन किन बजेनन् भन्ने प्रश्नको उत्तर हवाईका जनताले खोजिरहेका छन्

आगोमा जलेर ज्यान गुमाएकाहरूको डिएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ । चिकित्सकहरूले मासुको टुक्रा परीक्षणका निम्ति उठाउँदा त्यो खसेर अर्को निकाल्नुपर्ने दारुण स्थिति उत्पन्न भएको छ । द्रुत गतिमा डिएनए परीक्षण गर्न गभर्नर ग्रीनले निर्देशन दिनुभएको छ । रासस